Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पर्बतको महाशिला गाउँपालिकाका अध्यक्ष राजुको शिक्षाप्रति चाँसो

By साझासवाल 7 मिनेट पढाइ

असोज २७, पर्वत । जिल्लामा रहेका कतिपय स्थानीय तहले शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको पाइदैन । मोदी गाउँपालिकाले त शिक्षा क्षेत्रमा शिक्षक कर्मचारीको तलब बाहेक अरु केहि पनि रकम विनियोजन गरेको छैन । शिक्षाको ज्योति र गुणस्तर विना मोदी गाउँपालिकालाई सुन्दर बनाउछु भन्ने मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेललाई यो गतिलो जबाफ हुन सक्छ ।

विकासे योजनाको नाउमा सडक संजालमा रकम खर्च गरेर आफ्ना कार्यकर्ता पालनपोषण गर्ने र आफ्नो चुनावी खर्च उठाउने दाउमा रहेका जिल्लाका अधिकांश स्थानीय तहका प्रमुखहरुलाई महाशिला गाउँपालिकाले थालेको यो अभियानले पक्कै पनि थप्पड भने पारेकै छ ।

कुश्मा नगरपालिकामा त स्थानीय तहमा जनप्रतिनिधि चयन भएको एक सय भन्दा बढि दिन पुरा हुन समेत अझै नगरपरिषद गरेर नीति तथा कार्यक्रम सार्वजानिक गर्न नसकेर आफ्नो नालायकिपन र असक्षमता प्रदर्शन गरी सकेका छन् ।

महाशिला गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएपछि गाउँपालिका अध्यक्षले सामुदायिक विद्यालयप्रति विद्यार्थीलाई आकार्षित गर्नको लागि निशुल्क खाजा खुवाउने अभियान शुरु गर्ने प्रतिबद्धता गरेका हुन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नुका साथै विद्यार्थीलाई आकार्षित गराउनको लागि यो अभियान शुरु गरिएको हो । गाउँपालिकाले सबै सामुदायिक बिद्यालयमा १ देखि ३ कक्षा सम्म पढ्ने बिद्यार्थीलाई दिवा खाजाको ब्यबस्था गरेको हो ।

गाउँपालिकाले गाउँ परिषद मार्फत बिद्यार्थीलाई दिवा खाजा खुवाउन बजेट समेत बिनियोजन गरेको छ । महासिला गाउँपालिकामा २८ वटा सामुदायिक बिद्यालय रहेका छन । गाउँपालिकाले बिद्यार्थी संख्खाका आधारमा सबै बिद्यालयलाई रकम निकासा गर्ने ब्यबस्था मिलाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ।

‘हरेक दिन प्रति बिद्यार्थी १० रुपैयाका दरमा खाजा दिने ब्यबस्था मिलाएका छौ’ अध्यक्ष पौडेलले भने ‘बिद्यार्थीको संख्या यकिन भएपछि सबै बिद्यालयमा यो लागु हुनेछ ।

दिवा खाजाको ब्यबस्था पछि सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या बढ्ने र बिद्यालय छाड्ने दर कम हुने बिश्वास लिइएको उनको तर्क छ ।

‘गाउँका सामुदायिक बिद्यालयमाा पढ्ने धेरै बालबालिकाले खाजा नल्याउने र बिद्यालयमा पुरै समय नबिताउने समस्या रहेका बेला बिद्यार्थी आकर्षित गर्न र शैक्षिक गुणस्तर समेत सुधार गर्न खाजा खुवाउने ब्यबस्था मिलाएको हो ।

सबै बिद्यालयमा अनिवार्य अंग्रेजी

अंग्रेजी माध्यममा पढाउनका लागि अभिभावकले निजी बिद्यालयमा छोरा छोरी पठाउने तथा बसाईसराई समेत बढेकोले सबै सामुदायिक बिद्यालयमा अनिवार्य अंग्रेजी पठनपाठन गर्ने निणर्य पनि गाउँपालिकाले गरेको छ ।

आगामी शैक्षिकसत्र देखि बालमैत्री कक्षा र १ कक्षामा अनिवार्य रुपमा अंग्रेजीमा अध्यापन गराईने भएको छ भने त्यसका लागि बिद्यालयका शिक्षकहरुलाई बिहान ८ बजे देखि १० बजे सम्म तालिम दिने ब्यबस्था पनि मिलाइएको अध्यक्ष पौडेलले बताए ।

तालिम दिने शिक्षकलाई प्रोत्साहन भत्ता तथा अतिबिपन्न बिद्यार्थीलाई पोशाक उपलब्ध गराउने गरि बजेट समेत ब्यबस्था मिलाएको छ । शिक्षामा गुणस्तर बढाउन बिद्यार्थीका लागि गृहकार्य डायरी, शिक्षकले अनिवार्यमा रुपमा पाठयोजना बनाएर पढाउनुपर्ने ब्यबस्था पनि गरिएको छ ।

पाठ योजना बनाएर नपढाउने शिक्षकलाई काबार्ही गर्ने अध्यक्ष पौडेलले बताए । त्रैमासिक र अर्धबार्षिक परिक्षा लिने ब्यबस्था पनि मिलाइएको छ । बिद्यार्थीका उत्तरपुस्तिका अभिभावकलाई पठाउने निर्णय समेत भएको छ । यसको शुरुवात गोल्र्याङ्गधाम आधारभूत बिद्यालयले शुरु गरिसकेको छ ।