फलेवास ७ लिमिठानाकी स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फलेवास ७ लिमिठानाकी स"/>
2026-09-19 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्बतमा नागरिता बनाउन गएकी महिलालाई दुर्व्याबहार, ३ हजार घुषको आरोप

असोज २७, पर्वत । फलेवास नगरपालिकाका ७ का वडा अध्यक्ष हरिराम रेग्मीले महिला सेवाग्राहीमाथि दुव्र्यवहार गरेको खुलासा भएको छ । 

फलेवास ७ लिमिठानाकी सरिता पाण्डेलाई वडा अध्यक्षले  गालीगलौज र हातपात गरेका हुन् । पाण्डेका अनुसार नागरिकताको प्रतिलिपी सिफारिस लिन गएको वेला वडाध्यक्ष रेग्मीले पहिला सिफारिस दिन नमानेको र पछि विवाद झिक्दै कार्यालयवाटै हातपात गरेर गलत्याएका थिए ।

सरिता पाण्डे आफ्नी वहिनी सविना पाण्डेको नागरिकता हराएपछि प्रतिलिपी सिफारिस गर्न पुगेकी थिईन । ‘वहिनी सविना रेग्मीको नागरिकता आगोले जलेको थियो, नागरिकता भित्र पानी पसेर अक्षर समेत बुझिएको थिएन, उनले भनिन, ‘मैलै वडा अध्यक्षलाई अर्को नागरिकता बनाउन पर्ने भएकाले सिफारिस बनाईदिनु पर्यो भनेकी थिएँ । ‘उहाँले मेरो जागिर खान आएकी होस् भन्दै हातपात गर्नुका साथै दुव्र्यवहार गर्नुभयो ‘ पीडित पाण्डेले भनिन् – ‘मैले गुहार पनि मागेकी हुँ’ । ‘वडाध्यक्षले गलत्यार निकालेपछि सचिवसंग सम्पर्क गरेर उनले सिफारिस त वनाईन तर ३ हजार रुपैयाँ घुस खुवाएर उनले सिफारिस वनाएको जानकारी दिएकी छिन् ।

‘सचिव रामवहादुर परियारले ३ हजार रुपैयाँ मागेको पिडितको गुनासो छ । सचिवले तपाईको काम हुन्छ चिया खर्च दिनुपर्यो भन्नुभयो’ । मैले ३ हजार रुपैयाँ झिकेर दिँए सविनाले भनिन् । तर गाविस सचिवले भने २ सय रुपैयाँ दस्तुर लिएको दावी गरेका छन् । सचिव परियारले भने ‘मैले नियमानुसार लिनुपर्ने दस्तुर लिएको हा, त्यस वाहेक एक रुपैयाँ लिएको भए जुनसुकै कारवाहि भोग्न तयार छु ।

वडा अध्यक्ष हरिरामले भने  नागरिकता केरेर आएको र जन्ममिति सच्चाउन खोजेको र उनले विवाद वढाएको वताए । नागरिकता ऐनमा नागरिकताको विवरण संसोधन गर्न नमिल्ने नियम छ । त्यहि भएर आफुले संसोधन गर्ने गरि सिफारिस दिन नसक्ने वताएपछि ति महिला सन्किएर अनेकन आरोप लगाएको रेग्मीले वताए । उहाँले ३२ सालको नागरिकतालाई ३८ सालको बनाएर ल्याउनु भएको रैछ । आफै सच्चाएर बनाएकी रैछिन । अहिले सचिव सर हुनुहुन्न सचिव सर आएपछि प्रतिलिपी दिने कुरा हो । सचिव आएपछि दिउँला भनेको हुँ रेग्मीले आफ्नो वचाउ गर्दै भने । 

माथिको तश्विरमा: फलेवास नगरपालिकाका ७ का वडा अध्यक्ष हरिराम रेग्मी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो