पर्वतमा सक्रिय पत्रकारका दुई संगठनहरु विच एकता भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी नयाँ शक्ति निकट पत्रकार संगठन नेपाल प्रेस सोसाईटी पर्वत र माओवादी केन्द्र निकट पत्रकार संगठन विच धु्रविकरण भएको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतमा सक्रिय पत्रकारका दुई संगठनहरु विच एकता भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी नयाँ शक्ति निकट पत्रकार संगठन नेपाल प्रेस सोसाईटी पर्वत र माओवादी केन्द्र निकट पत्रकार संगठन विच धु्रविकरण भएको हो ।

२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपाल प्रेस सोसाईटी पर्वत नेपाल प्रेस सेन्टरमा धु्रवीकरण

२०७४, २८ आश्विन शनिबार ०८:३६

पर्वतमा सक्रिय पत्रकारका दुई संगठनहरु विच एकता भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी नयाँ शक्ति निकट पत्रकार संगठन नेपाल प्रेस सोसाईटी पर्वत र माओवादी केन्द्र निकट पत्रकार संगठन विच धु्रविकरण भएको हो ।

नेपाल प्रेस सोसाइटी पर्वत माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरमा ध्रुवीकरण भएको जनाइएको छ । धु्रविकरण भएको घोषणा कार्यक्रममा दुवै पत्रकार संगठनमा आवद्ध पत्रकारहरु सहित राजनीतिक दलका नेतृत्व पंक्तिको समेत सहभागीता थियो । गत वर्ष नयाँ शक्ति पार्टी जन्मिएसँगै यो प्रेस साइटी नेपाल नामक पत्रकार संगठन पनि जन्मिएको थियो । सो अवसरमा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेत्र अधिकारी हिमालले यी दुई संगठन बिचको एकताले आर्थिक समृद्धि र समाजबाद स्थापनाका लागि शसक्त भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बु्द्धिजीवि संगठन पर्वतका अध्यक्ष जगदिश शर्मा पौडेल, माओवादी केन्द्र आयोजक समिति सदस्य एवं युवा नेता मिनराज केसी अविरल, नेपाल प्रेस चौतारीका जिल्ला सचिव कृष्ण अखेली लगायतले बोलेका थिए । पे्रस सेन्टर नेपाल पर्वतका अध्यक्ष प्रनिश गिरीले मुलुकमा बाम एकतालाई सफल पार्न र समाजवाद उन्मुख विचारधाराको प्रवद्र्धनमा पत्रकारहरुको कलम जुझारु तवरबाट लाग्नुपर्नेमा जोड दिए । विकास समृद्धि अव सम्भव गराउन प्रेसको भूमिका हुने भएकाले अव प्रेस सेन्टरमा रही काम गर्न प्रतिवद्ध रहेको प्रेस सोसाइटी पर्वत अध्यक्ष राजबाबु पिसीले बताए ।

प्रेस सेन्टर पर्वतका अध्यक्ष प्रनिश गिरीको अध्यक्षता र प्रेस सेन्टर प्रदेश नम्वर ४ का सहसचिव मुरारी संगमको संचालनमा भएको कार्यक्रममा स्वागत सार्जन पौडेलले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु ढाकाराम गौतम सन्देश, दिपक आचार्य आकास, शंकर गिरी लगायतको उपस्थिती रहेको थियो ।

प्रेस सोसाईटीका प्रदेश ४ का सदस्य सार्जन पौडेल, ज्ञान प्रसाद भुषाल, उत्तम परियार लगायत पर्वतको सिङ्गो कार्य समिति नै प्रेस सेन्टरमा धु्िरवकरण भएको सोसाइटीका अध्यक्ष पिसीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी