टेक शाही | असोज २९, डोल्पा | “हाम्रा हातहरु हाम्रा भबिष्य” भन्ने मुल नाराका साथ डोल्पामा बिश्व हात धुने दिवस मनाइएको छ । जिल्ला समन्वय समितिको प्राङ्गणबाट र्याली निकालेर दुनै बजारको बिरेन्द्र्र चोकमा गएर हातधुने दिवस मनाइएको हो ।

दिवसमा उपस्थिति भएका उच्चपदाधिकारिहरु,जनप्रतिनिधिहरु,स्वास्थय स्वयम सेबिकाहरु,सरकारी तथा गैरसरकारी निकायमा स्वास्थय सम्बन्धी काम गर्ने सामाजिक सहजकर्ताहरु,सञ्चारकर्मिहरुले हातधुने ६ वटा बिधिको प्रयोग गरि हात धोएका थिए ।

यसरि ६ वटा बिधि प्रयोग गरेर दैनिक हात धोएमा हामीले हातको माध्यामबाट लाग्ने सबै किसिमका रोगहरुबाट बच्न सकिने सहजकर्ता दिलमाँया केसिले दिवसमा उपस्थित सबैलाइ जानकारि गराइन । उनले भनिन हामी सबैले काम गरि सकेपछि,सौचालय गए पछि,खाना बनाउनु अघि र खाना खानु भन्दा पहिले सावुन पानिले मिचिमिचि ६ वटा चरणमा हात धुनु पर्ने बताइन ।

बिरेन्द्र चोकमा बाटोमा बिभिन्न कामले आएका बटुवा र साना साना बिद्यार्थिहरुले समेत बिश्व हात धुने दिवसमा ६ वटा चरणमा हात धोएका नेपाल रेडक्रस सोसाइटिले जानकारि दिएको छ । यसरि दिवसका दिनमा बाटैमा बसेर सबैलाइ स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कुरा सिकाउनुले धेरै उपलब्धी पाउने जिल्ला खानेपानि कार्यालयले बताएको छ ।

करिव ११ बजे सम्म चोकमा राखेर सबैलाइ हात धुने तरिका सम्बन्धी जानकारि दिएको र दिउसो दुनै बोर्डिङ्गका १ सय ५० भन्दा धेरै बालबालिकालाइ उक्त ६ वटा हात धुने तरिकाबारे जानकारि दिएको डिएसबिएसले जानकारि दिएको छ । यसरि बिद्यालयमा रहेका बालबालिकालाइ सामुहिक रुपमा सिकाउदा अझ धेरै प्रभाबकारि हुने दुनै बोर्डिङ्ग स्कुलका प्रिन्सीपल लोकेन्द्र जैसिले बताए । उनका अनुसार साना नानिले स्वास्थ्य समबन्धी कुरा आफना अभिभाबकलाइ समजै सिकाउन सक्ने बताए ।

हात हुनु पर्छ भनेर भन्दा हरेक मानिसलाइ सामान्य कुरा लागने गर्दछ । तर हाम्रो हात नै हाम्रो मृत्यूको प्रमूख कारण हो भन्ने कुरा कसैले पनि सहजै स्वीकार्न सक्दैन । अहिले पनि धेरै जसो मानिसले हात नधोएर खाना खाने र स्वास्थ्यमा लापरवाहि गर्नाले बिरामी पर्ने गरेको चिकित्सकहरु बताउछन ।

फोहोर हातको कारण झाडापखला,आउ,हैजा लगायत अन्य बिभिन्न महामारि तथा सरुवा रोगहरु लाग्ने र समयमा उपचार नपाएर मृतयूको मुखमा पुग्ने गरेको तथ्याङ्क रहेको छ ।

Related News