Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीको मलंगवामा म्यादी प्रहरीमा भर्ना हुन आउनेको भिड

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सरोज यादव | असोज ३०, सर्लाही | सर्लाहीको सदरमुकाम मलंगवामा म्यादी प्रहरीमा आबेदन दिन आउने युवा युवतीहरुको भिड बढ्दै गइरहेको छ ।

आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन का लागी मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा म्यादी प्रहरीको आबेदन दिने कार्य भइरहेको प्रहरी प्रवक्ता एवं डि एस पी राजेश थापाले बताउनुभएको छ ।उहाँका अनुसार प्रत्येक इलाका प्रहरी कार्यालय हरु बाट म्यादी प्रहरी भर्नाको लागि आबेदनफारम बितरण भए पनि दर्ता भने जिल्ला प्रहरी कार्यालय मलंगवा मै भइरहेको छ ।

आबेदन दिनको लागि गाउँ -गाउँबाट ठुलो संख्यामा युवा युवतीहरु मलंगवा आइरहेकोले फोटो कपि , फोटो स्टुडियो तथा सानातिना चिया नास्ता पसलको ब्यापार अहिले ब्यापक रुपमा फस्टाएको छ । चर्को घाम र गर्मीको प्रवाह नगरीदिनभरि लाइनमा बसेरै भए पनि युवाहरु आवेदन दर्ता गराउन को लागि तछाडमछाड गरिरहेका छन् । देशमा बढ्दै गएको बेरोजगारीका कारण छोटो समयको लागि भए पनि म्यादी प्रहरीमा भर्ना हुन आबेदन दिन आउने मानिसहरुको संख्या बढेको हो ।

मंसिर १० र २१ गते हुन लागिएको प्रदेश सभार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले देश भरीबाट९८ हजार २ सय ६८ जना म्यादी प्रहरीहरु भर्ना गर्न गर्न लागेको छ । असोज ३० गते साँझ सम्म आवेदन दर्ता गरिने बताइएकोछ ।