पर्वत । प्रदेशसभा र प्रतिनिधिसभाको लागि आगामी मंसिरमा हुन लागेको निर्वाचनको सुरक्षाको लागि खटिने म्यादी प्रहरीमा युवाहरुको आकर्षण बढ्दो देखिएको छ ।  पर्वतमा  म्यादी प्रहरीको लागि १३१९ जनाले आवेदन फाराम भरेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पर्वत । प्रदेशसभा र प्रतिनिधिसभाको लागि आगामी मंसिरमा हुन लागेको निर्वाचनको सुरक्षाको लागि खटिने म्यादी प्रहरीमा युवाहरुको आकर्षण बढ्दो देखिएको छ ।  पर्वतमा  म्यादी प्रहरीको लागि १३१९ जनाले आवेदन फाराम भरेका छन् ।

२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

म्यादी प्रहरीमा १३ सय १९ जनाले आवेदन दर्ता

२०७४, ३१ आश्विन मंगलवार ०२:४६


पर्वत । प्रदेशसभा र प्रतिनिधिसभाको लागि आगामी मंसिरमा हुन लागेको निर्वाचनको सुरक्षाको लागि खटिने म्यादी प्रहरीमा युवाहरुको आकर्षण बढ्दो देखिएको छ ।  पर्वतमा  म्यादी प्रहरीको लागि १३१९ जनाले आवेदन फाराम भरेका छन् ।

 जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फाराम भर्नेमा २७१ महिला र १०४८ पुरुष छन । निर्वाचनको सुरक्षाका लागि गृह मन्त्रालयले देशभरबाट ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीको लागि बिज्ञापन खुलाएको थियो । 

दरखास्त फाराम भरेकाहरुको अन्तिम नामावली भने आउँदो कात्र्तिक १० गते सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुले प्रकाशन गर्ने छन भने उनीहरुले ५५ दिनका लागि नियुक्ति पाउने छन । म्यादी प्रहरी छनोटको क्रममा पूर्व सुरक्षाकर्मी तथा अघिल्ला निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरेकाहरुले प्राथमिकता पाउने छन ।

 म्यादी प्रहरीहरुलाई प्रहरी जवान सरहको सुबिधा सहित १७, २६० मासिक तलब, रासन खर्च ६ हजार, यातायात खर्च १ हजार, पोशाक खर्च ४ हजार, तथा निर्वाचनको ७ दिनको लागि विशेष भत्ता २५० र खाजा भत्ता २५० रुपैयाँ पाउने छन । पर्वतमा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ११ सय ५० जनाले दरखास्त भरेकोमा ४ सय ३५ जना छनोट भएका थिए । 

अघिल्लो निर्वाचनमा उक्त संख्या केही कम भएकोले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि भने ४ सय ९० जना म्यादी प्रहरी पर्वतको लागि माग गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 जिल्लामा गएको स्थानीय तहको निर्वाचनमा १ सय २९ ओटा मतदान केन्द्र रहेकोमा आउँदो निर्वाचनमा भने १ सय ३९ केन्द्र बन्न सक्ने आंकलन गरिएको जिल्ला निर्वाचन अधिकृत लक्षु शर्माले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली