2026-10-15 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्वास्थ्यकर्मिद्धारा प्रतिष्ठान अनिश्चितकालिन तालावन्दी, सेवा प्रवाह ठप्प

नन्दराम जैशी | असोज ३१, जुम्ला | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्वास्थ्यकर्मिहरुले अनिश्चितकालिन प्रतिष्ठान तालावन्दी गरेका छन् । आफ्नो दक्षता र योग्यताको अपमान गर्दै स्वास्थ्यकर्मिहरुको सेवा सुविधाप्रति प्रतिष्ठानले ध्यान नदिएको भन्दै स्वास्थ्यकर्मिहरुले सोमबारदेखि अनिश्चितकालिन प्रतिष्ठान तालावन्दी गरेका हुन् । प्रतिष्ठानको प्रशासन शाखामा गरीएको तालाबन्दी माग सम्बोधन नभएसम्म जारी राख्ने स्वास्थ्यकर्मिहरुले बताएका छन् । प्रतिष्ठान तालाबन्दी हुँदा आकस्मिक सेवा बाहेक अन्य सबै सेवा ठप्प भएका छन् । तालाबन्दीपछि जारी प्रेस विज्ञप्तीमा कथित तह ३ काकर्मचारी मिनालको विषय सिनेटको बैठकले वास्था नगरेकोप्रति आक्रोस ब्यक्त गरीएको छ ।

प्रेस विज्ञप्तीमा लेखिएको छ, हामिपिछडिएको क्षेत्रमा संवेदनशिल स्वास्थ्य सेवामा अनवरत रुपमा कार्यरत अहेब, अनमि, ल्याप असिष्टेन लगाएतका कथित तह ३ का कर्मचारीहरुले यस संस्थाको अधिकांश कार्यभार बहन गरेका छौ । तर सेवामा अवरात्र खट्दै आएपनि राज्यले तोकेको सेवा सुविधाबाट प्रतिष्ठानले आफुहरुलाई  बञ्चीत गरेकोले पटक पटक विरोधका कार्यक्राम सहित प्रतिष्ठान तालाबन्दी गर्न बाध्य भएको कथित तह ३ कर्मचारीहरुको भनाइ छ । सिनेटको बैठकले आफ्ना एजेण्डा प्राथमिकतामा नपरेको भन्दै आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प हुने गरी तालावन्दी गरिएको मेडिकल रेकर्डर धन बहादुर शाहिले बताउनुभयो ।

प्रतिष्ठान प्रशासनलाई आफ्ना मागका सन्दर्भमा २४ घन्टाको अल्टिमेटम दिदा पनि प्रशासन मागका विषयमा उदासिन देखिएको कथित तह ३ का ३८ जना बढि कर्मचारीहरुको भनाइ छ । सिनेट बैठकले प्रतिष्ठानको नियामवली २०६९ विपरित कार्य गरीरहेको विज्ञप्तीमा उल्लेख छ । उक्त विज्ञप्तीमा नेपाल सरकारद्धारा स्वास्थ्य सेवामा तहगत मिलान गर्नका लागि कर्मचारी समायोजन विधेयक पारित भईसकेको अवस्थामा तह ३ का कर्मचारी स्वतः तह ४ हुने भएपनिकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सो विधेयकलाइ ओझेलमा राख्दै कर्मचारीको हित विपरीत कार्य गरेको उल्लेख छ । सोहि विज्ञप्ती मार्फत आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प हुदाँसेवाग्राहिप्रति पर्नजाने असुविधाप्रति क्षमता आचना गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए