असोज ३१, डोटी | डोटीको जोरायल गाउँपालिका–१ घण्टेश्वर घोरडीमा बिपरित दिशाबाट गईरहेका दुई बस आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

कञ्चनपुरक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३१, डोटी | डोटीको जोरायल गाउँपालिका–१ घण्टेश्वर घोरडीमा बिपरित दिशाबाट गईरहेका दुई बस आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

कञ्चनपुरक"/>

2026-09-19 04:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

बस एक आपसमा ठोक्किदा दुईको मुत्यु , ७ जना गम्भिर, ३८ समान्य घाईते

असोज ३१, डोटी | डोटीको जोरायल गाउँपालिका–१ घण्टेश्वर घोरडीमा बिपरित दिशाबाट गईरहेका दुई बस आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीतर्फ गईरहेको महाकाली यातायातको ना ५ ख ६०८१ नं. को यात्रुबहाक बस र डडेल्धुराबाट महेन्द्रनगरतर्फ गईरहेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नं. को आपसमा ठोक्किदा ३८ जना घाईते भएको स्थानीयले जानकारी दिएका छन । घाईतेहरुमध्ये उपचारका लागि दश जनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरा र २८ जनालाई कैलालीको धनगढी पठाईएको छ । 

मृत्यु हुनेहरुमा बैतडी जिलला दशरथचन्द नगरपालिका–२ का ८० बर्षीया द्रोपति भण्डारी र डडेल्धुरा परशुराम नगरपालिकाका–७ का वडा अध्यक्ष तथा पत्रकार महासंघ डडेल्धुराका पूर्व अध्यक्ष केशब बोहरा छोरा १३ बर्षीय बिक्रम बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  घाईतेहरुमध्ये ७ जना गम्भिर घाईतेलाई थप उपचारका लागि कैलाली पठाईएको जनएको छ ।  तिब्र गतिमा आईरहेका र मोडमा हर्न नबजाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

दुई गाडी आपसमा ठोक्किदा सडक ब्लक भएका कारण अन्य यात्रुबहाक तथा मालबहाक सवारी साधनहरु आउजाउ गर्नमा समेत समस्या भएको घटनास्थलबाट यात्रु दिपक ओझाले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई