2026-06-19 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सुचारूको दुई महिना नबित्दै विद्युत सेवा पुन: अवरोध

दलसिंह गिरी/कात्तिक १४, कालीकोट । विगत २ बर्ष पहिले भिषण बाढीका कारण विद्युत इल्टेक र नहर बगाउदा अवरोध भएको पोतमारा साना जलबिद्युत अयोजना सुरू भएको २ महिना नबित्दै पुन बन्द हुदा सदरमुकाम मान्म लगाएत आधा दर्जनबढी गाविसहरूका बासिन्दाहरू अन्धकारमा बस्न बाध्य भएका छन् ।

jalabidhut copy

२०७० साल असार २ गते अएको बाढीका कारण अवरोध भएको विद्युत सेवा अवरोधको २ बर्ष पछि अथवा २०७२ साउनको तेश्रो साता देखि सुचारू भएको विद्युत सेवा पुन यहि असोज १८ गते पुन विद्युत गृहको २१ मिटर नहर भत्कीदा विद्युत सेवा अवरोध भै सेवाग्राहीहरू अन्धकारमा बस्न बाध्य भएका हुन् ।

अवरोध विद्युत् संचालन बारे राजनितिक दल, विद्युत कार्यालयका प्रतिनिधि तथा जिल्लाका अन्य सरोकारवालाहरु बिच जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा समेत विधुत सेवा तत्काल सुचारु गर्ने ठोस योजना वन्न नसकेको भन्दै सेवाग्राहीले आक्रोस ब्यक्त गरेको छन् ।

विधुत प्राधिकरण कार्यालयले भने आफ्नै इन्जिनियर सहितको टोलीले पुनः बिद्युत नहरको अवलोकन नगरी यसको योजना नबन्ने बताएको छ । बिद्युत प्राधिकारण शाखा कालिकोटका प्रमुख वद्रिनाराय चौधरीले नहरको अवलोकन सहित त्यसको रिपोर्ट मन्त्रालय सम्म पुर्याउने र सरकाले वजेट छुट्याइ सकेपछि मात्र टेन्डर प्रक्रियावाट काम सुरु हुने बताएका छन् ।

बिद्युत प्राधिकरण प्रमुख चैधरीले भनेको भनाइ अनुसार बिद्त सुचारूको लागि अझै ५, ६ महिना लाग्ने भन्दै तत्काल नहर पुर्ननिमार्णको काम कुनै वैकप्पीक रकमको ब्यवस्था थाल्नु पर्ने बारे सेवा ग्राहीले जोड दिएका छन् । विद्युत् नहुँदा कालीकोटमा वैकल्पिक ऊर्जा तथा जेनेरेटरमा लाखौं रकम बाहिरिएको छ ।

अघिल्लो २ बर्षमा विद्युत् बन्द हुदा २५ बढी ठूला जेनेरेटरका साथै करोडा लगानी बरावरको सोलार प्रणाली सञ्चालनमा आएका थिए । विद्युत् सुचारूको २ महिना नबित्दै पुन भएको अवरोधका कारण सेवा ग्राहीहरू थप मंहगो मूल्यमा फोटोकपी, फ्याक्स, प्रिन्टर मोबाइल चार्ज जस्ता विबिध काममा चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

त्यति मात्र नभइ विद्युत् अवरोधका साथै जेनेरेटर संचालनका लागि चाहिने आवश्यक पेट्रोल समेत अभावका कारण सूचना पाउने समुदायको अधिकारमा समेत प्रत्यक्ष असर परेको छ ।

विद्युत् नभएका कारण एफएमहरू समेत निर्धारित समयभन्दा आधा समय छोटयाउनु परेको छ । भने नेपाल दुर संचारबाट प्राप्त मोबाइल सेवा लेडलाइन सेवा र इन्ट्रनेट सेवा समेतमा प्रभाव परेको स्थानीय वासी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले