Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

तलव नपाएपछि गोकुलेश्वर अस्पतालका कर्मचारी आन्दोलीत, ओपीडि सेवा बन्द

२०७४, १ कार्तिक बुधबार १०:४५

लोकेन्द्र प्रशाद जोशी | कात्तिक १, दार्चुला । तीन महिनादेखि तलवभत्ता नपाएको भन्दै कर्मचारीहरुले दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पतालमा ओपीडि सेवा बन्द गरेका छन । पटक पटक स्थानीय तहमा तलबभत्ताको लागि पत्राचार गर्दा पनि तलबभत्ता नपाएको मात्रै नभएर कहिले पाउने ? भन्ने बारेमा समेत टुंगो नलागेकोले बाध्य भएर सेवा नै बन्द गर्नु पर्ने स्थिति सिर्जना भएको कर्मचारीहरुको भनाई छ । 

दार्चुला र बैतडी गरी दुइ जिल्लाका सेवाग्राहिहरुले सेवा लिदै आएको उक्त अस्पतालका कर्मचारीहरुले चालु आर्थीक बर्षको तलबभत्ता केहि नपाएको भन्दै कर्मचारीहरुले आकस्मिक सेवा बाहेकका सेवाहरु बहिस्कार गरेका हुन् । तर, अस्पतालामा आएका विरामीहरुलाई भने आकस्मिक कक्षबाटै सेवा प्रदान गराइरहेको गोकुलेश्वर अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डाक्टर सरिता जोशीले बताउँनुभयो ।


पटक पटक स्थानीय तहमा तलबभत्ताको लागि पत्राचार गर्दा कहिले पाउने भन्ने बारेमा समेत जानकारी नभएपछि बिरामीलाई मर्का पार्न नभई नगरपालिकालाई दवाब दिन बाध्य भएर ओपीडी सेवा बन्द गर्नु परेको डा.जोशीको भनाइ छ ।

अस्पतालका कर्मचारीहरुको तलबभत्ता नगरपालिका मार्फत आउने भएपछि पटकपटक नगरपालिकालाई पत्राचार गरिएको तर अहिलेसम्म कर्मचारी तलबभत्ता पाउन नसकेको अस्पताल व्यस्थापन समितिका अध्यक्ष धनबहादुर विष्टले बताउनुभयो । 

‘अस्पतालले बस्ने व्यवस्था मिलाउन नसक्दा जिल्लाबाहिरबाट आएका सबै कर्मचारीहरु भाडामा बस्दै आएका छन, दसैँ खर्च त परै जाओस् तलबभत्ता कहाँबाट कहिले खाने भन्ने समेत टुंगो नलागेको भन्दै कर्मचारीहरु निरास देखीन्छन । अस्पतालका कर्मचारीहरुको तलबभत्ता नगरपालिका मार्फत आउने भएपछि पटक पटक नगरपालिकालाई पत्राचार गरिएको तर अहिलेसम्म कर्मचारीको तलबभत्ता पाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

यता शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिँह धामीले भने स्वास्थ्य विभागले अस्पतालका कर्मचारीहरुलाई तलबभत्ता खुवाउन पत्राचार गरेको तर रकम निकाशा नगरिदिदा समस्या भएको बताउनुभयो । 

तलब निकासाकालागी बिभागमा कुरा भएकोले केहि दिनमै समस्या समाधान हुने नगरप्रमुख धामीको भनाइ छ । तर तीन महिनाको तलब र दशैंभत्ता नपाउँनुमात्रै हैन, कर्मचारीहरुले पाउने प्रोत्साहान भत्ता समेत नगरपालिकाले कटौति गरेर कर्मचारी पिरोल्ने काम गरेको अस्पताल प्रशासनको आरोप छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ