पढ्न करिब 1 मिनेट लाग्छ
<p>कात्तिक २, डोटी (रासस) | बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा आज बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । <br></p><p>बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन् । </p><p>बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज बिहान दुर्घटना भएको हो । बिपीनगर र घाँगलबाट उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो । </p>

