२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

एक छात्र लडेर गम्भिर घाइते, विद्यालयमा विद्र्थीले चर्पी प्रयोग नपाएको विद्यार्थीको गुनासो

१७ मंसिर २०७२, बिहीबार ०३:२३

दलसिंह गिरी/ मंसिर १७, कालिकोट । पंचदेवल उच्च मावि मेहलमुडीमा अध्ययनरत एक छात्र विद्यालय नजिकै रहेको झारमा ट्वाइलेट गर्न जादा लडर गम्भिर खाइते भएका छन् । कक्षा आठमा अध्ययनरत १३ बर्षिया छात्र एकिन्द्र शाउद विद्यालय संगै रहेको सल्लीकोट भन्ने स्थानमा लडेर ३० मिटर तल खस्दा गम्भिर घाईते भएका हुन् ।

विद्यालयमा रहेको चर्पीमा पानी नभएको कारण जनाउदै विद्यार्थीहरुलाई चर्पी प्रयोग गर्न नदिने गरेकाले नजिकैको झारमा ट्वाइलेट गर्न जादा लडेर गम्भिर घाइते भएको घाइते छात्रका ठूलो बुवा चद्रसिह साउदले बताउनु भएको छ । घाइते छात्रको दायाँहात फयाक्चर भएको र टाउको तथा छातीमा गम्भिर चोट लागेको वहाँले बताउनु भयो । उपचारको लागि इलाका स्वास्थ्य चौकी मेहलमुडीमा लिदा त्यहाँ ग्रामिण स्वास्थ्य कार्यकर्ता बाहेक अन्य स्वास्थ्यकर्मी नभएका कारण नजिकैको मडिकलमा सामान्य उपचार गरी जिल्ला सदरमुकाम मान्म ल्याउदै गरेको साउदले टेलिफोन मार्फत जानकारी दिनु भएको छ ।

उता विद्यालयमा हापछुट्टी भएको बेला एता उता खेल्न जादा लडेर घाईते भएको तर पिसाब फेर्ने चर्पी नभएकै कारण झारमा गएको भन्नेकुरा सरासर गलत भएको विद्यालयका प्राचार्य देवनारायण चौधरीले बताउनु भएको छ । विद्यालयमा प्रयाप्त पानी नभए पनि पानीकै कारण चर्पी विद्यार्थीलाई प्रयोग गर्नबाट नरोकेको वहाले जिकिर गर्नु भएको छ ।

हामी ४०० बढी विद्यार्थी रहेको विद्यालयमा २ वटामात्र चर्पी भएपनि सरहरुले चर्पीमा ताला लगाउने गरेको र आफ्नो लागि मात्र चर्पी प्रयोग गर्ने गरेका कारण विद्यार्थी साथीहरु पिसाव तथा दिसा गर्न नजिकैको झार, जंगल जान बाध्य रहेको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रकाश विकले बताएका छन् । विद्यालय अनुगमनको निम्ती जिल्लाबाट जिल्ला शिक्षा अधिकारी घनश्याम पौड्याल सहितको टोली आउनु एक दिन अगाडी विद्यालयका सबै विद्यार्थी प्रयोग गरेर खानेपानीको पाइप मर्मत गरी विद्यालयमा पानी ल्याएपनि अनुगमन टोली फर्के संगै पानीपनि बन्द भएको वहाले बताए ।

जिल्लाका सबै क्षेत्र तथा समुदायमा चर्पी निर्माण भै प्रयोगमा आएको भन्दै जिल्लालाई २०७० मा नेपालकै आठौं खुलादिसा मुक्त क्षेत्र घोषणा गरिए पनि जिल्लाका कतिपय ठाउमा चर्पीहरु नियमित प्रयोग नभै खुला दिसा पिसाव गर्न जादा यस्ता खालका घटनाहरु घट्ने गरका जानकारहरु बताउछन् छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल दुर्घटनामा १२ जना घाइते अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर एमालेले विघटित प्रनिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन: प्रधानमन्त्री कार्की दार्चुलामा भूकम्पको धक्का किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालत जानेः कांग्रेस नेता यादव प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग नयाँबसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी ‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’