Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देउसी भैलोलाई आधुनिकताको आक्रमण, हराउँदै सोरठी र टप्पा

२०७४, २ कार्तिक बिहीबार ०७:१५

शंकर के सी | कात्तिक २, सल्यान | हिजो आज गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक छ । क्लव, समूह, सहकारि, स्कुल देखि लिएर सल्यानमा संचारसंस्थालाइ पनि देउसीभैलोले छोएको छ । बालक, युवा र वृद्धसम्म तिहारको देउसीभैलोमा झुमिरहेका छन् । तर यहि क्रममा देउसीभैलोको मौलिकता हराउदै गएको भन्दै कतिपयले चिन्ता समेत व्यक्त गरेका छन् ।

सल्यानमा विशेष गरि तिहारको अवसरमा नाचीने सोरठी, पैस्यारु, टप्पा, वनगारि लगाएतका नाच हराउदै गएका छन् । यसको सट्टामा भैलोेमा तोकेरै पैसा असुल्ने, युवायुवती मदिरा सेवन गरेर अश्लिल गीतमा नाच्ने गरेको देखिन्छ । यसले सल्यान कपुरकोटका मिन बहादुर बुढा चिन्तीत छन् ।

उनले भने, हाम्रा गाउँघरका सोरठी लगाएतका संस्कृती देख्नै नपाइने स्थीती आयो, ‘देउसी–भैलोेमा आशिष दिएर पो गक्ष अनुसार दिएको दान लिनुपर्छ, तर, अहिलेका युवायुवती देउसी–भैलोमा तोकेरै पैसा असुलेको देख्दा दुःख लाग्छ ।’

परम्परागत देउसीभैलोमा पछिल्लो समय आधुनिकताले आक्रमण गरेको पाइएको छ । विशेष गरि युवायुवतीमा आधुनिकताको भुत चढ्दा देउसी भैलोको मोलीकता मेटिने चिन्ता बुढापाकाहरुले गर्न थालेका छन् । मादल, बासुरि, खैजडि लगाएतका बाध्यवाधनका माध्ययमबाट दाजुवहिनीको कथाव्यथाहरु प्रस्तुत हुने देउसीभैलो हिजो आज चर्को आवाजका आधुनिक साउण्ड सिस्टममा सिमित हुँदा चिन्ता बढ्दै गएको राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान सल्यानका अध्यक्ष यम थापाले बताए ।

रेडियो कपुरकोट सल्यानका स्टेशन मैनेजर सन्तोष जिएमले पनि भैलोमा आधुनिक शैली भन्दा पुरानै परम्परागत भैलो नै मन पर्ने बताउँछन् । तिहार आउँदा उनलाई बाल्यकालका स्मरण ताजा बन्दै मारुनी, सोरठी, टप्पा नाचेका र गाएका दृश्य झलझली याद आउँछन् । उनले भने, ‘उहिलेका भैलो रमाइला हुन्थे । तर, अहिले डिजे, साउण्ड बक्समा देशी–विदेशी गीतमा कानै फुट्लाझैँ बजाएर नाचेको पटक्कै मन पर्दैन ।’

उनीहरू मात्र होइन, पुरानो पुस्तालाई अहिलेको देउसी–भैलो पटक्कै मन परेको छैन । पुरानो पुस्ता बलि राजाको गाथासहितको परम्परागत भैलो मन पराउँछन् । परिवारलाई आशिष दिँदै कम्मर मर्काइमर्काइ मादल, खैजेरीको तालमा नाचेको दृश्य नै रमाइलो लाग्ने गरेको बुढापाकाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित