2026-10-31 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

भर्तामा एघारौं अभ्यास पाठशाला संचालन

दलसिंह गिरी/ मंसिर १७, कालिकोट । परम्परागत खेतीमा रहेको कृषकहरुलाई आधुनिक तथा बेमौसमी तरकारी खेतीमा अग्रसर गराई उनीहरुले उत्पादन गरेको तरकारीलाई बजार पहुँच सम्म पु¥याउन समेत सपोट गरिरहेको साना किसानहरुको स्थानीय संस्था तथा बजार पहुँच कार्यक्रमले आज भर्ता गाविसमा एघारौं कृषक ब्यवशाय पाठशाला संचालन गरेको छ । लिंक हेल्भेटास स्वीस इन्टरको अपरेशन नेपालको आर्थिक सहयोग तथा सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल द्धारा संचालित कार्यक्रमले भर्ता गाविस वडा नं. ५ तल्लो हाम्डीमा उक्त पाठशाला संचालन गरेको हो ।

लिंक हेल्भेटास कालिकोटका जिल्ला परियोजना संयोजक लखनाथ खरेलको प्रमुख उपस्थिति, खुलालु केन्द्रका एग्रोभेट संचालक कम्मर शाही, हुल्म तरकारी संकलक केन्द्रका संयोजक हर्श बहादुर मल्लको उपस्थिति रहेको छ । पीपल चौतारी कृषक ब्यवशाय पाठशालाकी संयोजक अनरुपा विकको अध्यक्षतामा संचालित ११ औं कृषक ब्यवसाय पाठसाला कक्षा १ देखि दशौं अभ्यास कक्षा सम्म संचालन भएका क्रियाकलाप र त्यसबाट भएको उपलब्धिबारे छलफल गर्दै एघारौं अथवा सन २०१५को अन्तिम पाठशाला संचालन गरिएको सादा नेपालका जेटिए टेकराज गिरीले बताउनु भएको छ ।

एघारौं पाठशालामा कृषकहरुले निरन्तर ब्यवशाय संचालनका लागि बनाउनु पर्ने भावि योजना बारे छलफल गरी भावि योजना तयार समेत गरिएको वहाले बताउनु भयो । एघारौं पाठशालाको सहजिकरण स्थानीय बजार पहुँच कार्यक्रमका संयोजक टेकराज शाहीले गर्नु भएको र कार्यक्रम २० जना महिला सहभागि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना