2026-09-16 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दाहाँ गाविस कर्नालीकै सातौ बालविवाह मुक्त गाविस घोषणा

ka;likot newsदलसिंह गिरी/मङ्सिर २०, कालिकोट । दाहाँ गाविसलाई कर्नालीको सातौ बालविवाह मुक्त गाविस घोषणा गरिएको छ ।

यस अघि कालिकोटका जुविथा, सुकाटिया, छाप्रे, पाखाँ, कालिका (मुग्राहा), मान्म गाविस बालविवाह मुक्त गाविस घोषणा भइसकेका छन् । सरमुकाम मान्मबाट पूर्व तर्फ पर्ने दाहाँ गाविसका सम्पूर्ण समुदायले बालविवाह नगर्ने प्रतिबद्धता सहित आज गाविसलाई बालविवाहमुक्त घोषणा गरेका हुन् ।

बालविवाह मुक्त गाउँ, सबै मिली बनाऔं भन्ने मूल नाराका साथ गाविसका प्रत्येक टोल टोलबाट प्लेकार्ड, नारा, जुलुससहित आएका स्थानीयबासीले गाविसका कुनै पनि बालबालिकाको विवाह नगर्ने बाचा गर्दै बालविवाह गर्नेलाई कानुनको कठघरमा उभ्याउने प्रतिबद्धता पनि गरेका छन् ।

गाविस स्तरीय बाल अधिकार संरक्षण तथा संर्वधन उप समिति दाहाँको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठ, विशेष अथिति एवं स्थानीय विकास अधिकारी टिकाराम ज्ञावाली, प्रहरी नायक उपरिक्षक किशनसिंह बुडाल सहित जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बाल अधिकारकर्मी, दलका नेता कार्यकर्ता, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ ।

कार्यक्रमको अध्यक्षता गाविस स्तरीय बाल अधिकार संरक्षण समितिका अध्यक्षता एवं दाहाँ गाविस सचिव ब्रम कुमार खड्काले गर्नु भएको थियो भने बालविवाह मुक्त गाविस घोषणाको पहल तथा आर्थिक सहयोग किर्डाक नेपाल कालिकोटले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु