Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिरहामा १५ दिनको अवधिमा दुईको हत्या

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित | कात्तिक ६, सिरहा | सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुरको कमला नदि किनारको झाडीमा हत्या गरी फलिएको अवस्थामा एक बालकको शव फेला परेको छ । स्थानिय कुशुमलाल यादवको १२ वर्षिय छोरा भवेश यादवको शव कमला किनारको झाडीमा टाउको छुट्टिएको अवस्थामा आइतबार वेलुका फेला परेको प्रहरीले जनाएको छ ।

कात्तिक ३ गतेबाट हराईरहेको बालकको घाँटी छुट्टिएको अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक शेखर कोइरालाले जनाएको छ ।

मृतकका बुवा कुशुमलालले छोरा हराएदेखि नै आफ्नो आफन्तकोमा खोजविन गर्दा पनि नभेटेपछि प्रहरीलाई खवर गरेको जनाएको छ । शुक्रबार सँगै पढ्ने गाउँकै अजय साहसँग कमलाको नहरमा नुहाउन गएका उनी अवेरसम्म घर नफर्केपछि उनको खोजतलास सुरु गरेको बुवा कुशुमलालले बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घट्नाको अनुसन्धान जारी रहेको बताएको छ ।

यसअघि  कर्जन्हा नगरपालिका १० प्रयागपुरमा असोज २३ गते राति एक युवकको धारिलो हातियार प्रहार गरि घाटी रेटी हत्या गरेको थियो । आफ्नै घरमा सुतिरहेको वेला ३५ वर्षिय शशिभुषण प्रसाद साहको हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएपनि उनको नाम सार्वजनिक गरेको छैन । सिरहामा १५ दिनभित्र दुईजनाको हत्या भएको छ ।