Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पर्वतमा आगामी निर्वाचनको तयारी तिब्र

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सबै पक्षले आआफ्नो तयारीसमेत तिब्र पारेका छन् ।  आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशील दल सक्रिय त बनेका छन् नै समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय पनि जुटेको छ ।

उता प्रहरीले म्यादी प्रहरी छनोट कार्य शुरु गरेको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि एक हजार ३०० भन्दा बढीले आवेदन समेत दिएका छन् भने अहिले छनोट कार्य शुरु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।  जिल्ला निर्वाचन कार्यालय, पर्वतले यतिवेला मतदानस्थलको व्यवस्थापनका लागि तयारी गरेको छ । आगामी निर्वाचनमा पनि पर्वतमा ७४ वटै मतदानस्थल राखिने तयारी भइरहेको छ ।

स्थानीय तहको निर्वाचनमा पनि जिल्लाका सातवटै तहमा गरी ७४ वटा मतदानस्थल तोकिएको थियो ।  राजनीतिक दलले उम्मेदवारको नामावली टुंगो लगाएर केन्द्रमा पठाइसकेका छन् भने मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि गाउँ अभियान सञ्चालन गर्ने तयारी समेत गरेका छन् । त्यस्तै, मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकिएको छ ।  पर्वत जिल्ला अदालतका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका रुपमा नियुक्त गरिएको छ भने यही कात्तिक ९ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । मतदाता शिक्षा कार्यक्रम भने यही कात्तिक २१ गतेदेखि जिल्लाका ६१ वटै वडामा सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।  पर्वतमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या एकलाख सात हजार ३०० कायम भएको छ । स्थानीय तहको चुनावमा ९९ हजार ६०० जना मतदाता रहेकोमा अहिलेको चुनावमा झण्डै आठ हजार बढी मतदाता कायम भएका हुन् ।

प्रत्येक मतदानस्थलमा एकहजार मतदाता रहने गरी तयारी गरिएको छ र पछिल्लो पटक थपिएका मतदाताका कारण केही स्थलमा एक हजारभन्दा बढी हुने भएकाले त्यसैमा व्यवस्थापन गर्ने वा केही संख्या थप गर्ने भन्नेबारेमा पनि छलफल भइरहेको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।  स्थानीय तहको जस्तो छुट्टाछुट्टै मतदान अधिकृतको कार्यालय नभई जिल्ला अदालतमै मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने र त्यहीँबाट सबै व्यवस्थापन गरिने समेत उहाँले जानकारी दिनुभयो ।

आगामी निर्वाचनको सबै मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ । मतदाता शिक्षा सामग्रीसमेत आइनसकेको अवस्थामा तिहारपछि सबैजसो तयारीमा जुट्ने भएका छन् । उता सुरक्षा निकायले पनि निर्वाचन केन्द्रित सुरक्षा योजनामा जुटेको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो ।