2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भारतीय नागरिकद्वारा नेपाली महिला बलात्कृत

कात्तिक ८, सुस्ता | नेपालको ऎतिहासिक स्थल नवलपरासी जिल्लाको सुस्तामा २ जना भारतीयहरुले एक जना नेपाली महिलालाई बलात्कार गरेका छन । 

२ जना भारतीय नागरिकहरुले सुस्तामा बस्ने एक लोनिया जातकि अन्दाजी ५० बर्ष कि  नेपाली महिलालाई २ दिन अघि बलात्कार गरेको घटना हुँदा पनि नेपाली प्रहरी प्रशासन बेखबर बनेका छन । लोनिया जात कि नेपाली महिला भारत बिहारको नजिक भेडिहारी बजार बाट बजार गरि नेपालको सुस्ता अथवा आफ्नो घर तिर आउदै गर्दा नेपाल र भारतको सिमा नजिकै रहेको जङ्गलमा उनको बलात्कार भएको पीडितका परिवारले बताएका छन । 

लोनिया जातकी नेपाली महिलालाई एक्लो भएको बेलामा मौका पारी २ भारतीय नागरिकहरुले उनको मुख बानी नजिकैको जङ्गलमा लगि बलात्कार गरेको सुस्ताबासीहरुले बताए । यो घटना मिति २०७४ कार्तिक ६ गते घटेको स्थानीयहरुले बताउँछन् । घटना घटेको २ दिन बितिसक्दा पनि नेपाली प्रहरी प्रशासन भने बेखबर बनेको छ । 

सुस्ताबासिलाई खानेकुराहरुको व्यवस्था गर्नको लागि भारतको २ वटा राज्यको बजार एक बिहारको भेडिहारी बजार र अर्को उत्तर प्रदेश राज्यको बहुवार बजार गर्न जाने बाध्यता रहेको छ । सुस्ताबासिहरुलाई बजार तथा आफन्तीका जान पर्यो भने २ वटा बाटो मात्र रहेको छ । एक नारायणी नदीबाट डुङ्गाको प्रयोग र अर्को भारतको बिहार हुदै जान पर्ने सुस्ताबासीको पिडा रहेको छ । एकातिर सुस्तामा बस्ने पुरुषहरुलाई भारतीय वान्टेडको रूपमा रहेको भन्दै आवतजावत गर्ने क्रममा भारतीय प्रहरीहरुले विभिन्न पिडाहरु र दुख दिने गरेका छन भने अर्को तिर भारतीय नागरिकहरुले नेपाली महिलाहरुलाई बलात्कार जस्ता घटनाहरु गर्ने गरेको स्थानीयबासीहरुको गुनासो रहेको छ । 

सो विषय ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिंह थापालाई सोध्दा घटना भारतको भुमिमा भएको र पिड्कहरुलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको बताएका छन । – श्याम थापाबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह