२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मानव बौद्धिक विकासका लागि १ हजार दिन अति महत्वपूर्ण

२०७२, ११ माघ सोमबार १४:३३

poshan dayदलसिंह गिरी । माघ ११,  कालिकोट । मानव बौद्धिक विकासका लागि १ हजार दिन अति महत्वपूर्ण दिन रहेको राष्ट्रिय योजना आयोग राष्ट्रिय पोषण तथा खाध्य सुरक्षा सचिवालयका फोकलपर्सन मिनराज ज्ञवाली एक कार्यक्रममा बताउनु भएको छ । स्वस्थ्य, बौद्धिक र तन्दुरुस्त बच्चा जन्माउन बच्चा गर्भमा रहे देखिको २ बर्षको उमेर अथवा १ हजार दिन अति महत्वपूर्ण दिन रहेको बहाले बताउनु भएको हो ।

नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय, स्वास्थ्य सेवा अन्तर्गत बालस्वास्थ्य महाशाखा काठ्माण्डौं र जिल्ला विकास समिति कालिकोटको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम मान्ममा संचालित बहुक्षेत्रीय पोषण योजना सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरणमा सजजिकरण गर्दै ज्ञवालीले बच्चा गर्भमा रहेको बेला ३० प्रतिशत, बच्चा जन्मेदेखि १ बर्ष सम्म २५ प्रतिशत र बच्चा जन्मेको १ बर्ष देखि २ बर्ष २५ प्रतिशत, बच्चा ५ बर्ष पुग्दा सम्म १० प्रतिशत र बाकी जीवनमा १० प्रतिशत मानव बौद्धिक विकास निर्माण हुने भएकाले बच्चा गर्भमा रहेदेखि २ बर्ष अथवा १ हजार दिन महत्वपूर्ण भएको बताउदै स्वस्थ्य र तन्दुरुस्त बच्चा जन्माउन आमा तथा घरपरिवारले पोषण युक्त खानामा विशेष ध्यान दिन पर्ने ज्ञवालीले बताउनु भएको छ ।

बहुक्षेत्रिय पोषण योजनाको बारेमा जिल्ला स्तरमा विषयगत निकाय र सरोकारवालाहरुलाई जानकारी गराउने, जिल्लाको आवधिक र बार्षिक योजनाहरुमा पोषणका सूचकहरु र कार्यक्रम समावेश गर्न बातावरण तयार गर्ने, जिल्ला स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशन समिति घोषणा र समितिको कार्य विवरण बारे जानकारी गराउने, जिल्लामा रहेको दिर्घ न्यून पोषण घटाउनका लागि बहुक्षेत्रिय समन्वय सुदृढिकरण गर्ने उद्देश्यले जिल्लामा पहिलो पटक अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कालिकोट जिल्लामा ४८ प्रतिशत बढी कुपोषित बालबालिका रहेको बताउदै यसलाई नियन्त्रण तथा निर्मुल पार्न बहुक्षेत्रिय पोषण योजना अपरिहार्य रहेको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख शंकर लोहोलाले बताउनु भएको छ । कार्यक्रममा कालिकोट जिल्लामा पोषण अवस्थाबारे जानकारी गराउदै लोहोलाले जिल्लामा सबै भन्दा बढी धौलागोह गाविसमा ४५ प्रतिशत, नानिकोटमा ३९ प्रतिशत, सुकाटियामा ३८ प्रतिशत कुपोषित बालबालिका कुपोषित रहेको बताउनु भएको छ ।

नेपालमा रहेको उच्च कुपोषण अवस्थालाई तत्काल ५ प्रतिशतमा झार्ने र सन २०२२ सम्म नेपालबाट कुपोषण निर्मुल गर्ने नेपाल सरकारको महत्वकांक्षि अभियान रहेकाले यो अभियानलाई सफलपार्न बहुक्षेत्रिय पोषण योजना थालनी गरेको आयोजकले जनाएको छ ।

निमित्त स्थानीय विकास अधिकारी भोला प्रसाद चापागाईको अध्यक्षता प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यता, राष्ट्रिय योजना आयोग राष्ट्रिय पोषण तथा खाध्य सुरक्षा सचिवालयका फोकलपर्सन मिनराज ज्ञवाली, राष्ट्रिय योजना आयोग केन्द्रबाट आएको टोली लगायत जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्लामा कृयाशिल राजनैतिक दल, पत्रकार सरोकारवाला निकायको उपस्थिति रहेको थियो । भोली देखि ४ दिन सम्म जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकाय विच ब्यापक छलफल गरी बहुक्षेत्रीय पोषण योजना संचालनका लागि कार्ययोजना समेत तयार पारिने आयोजकले जनाएको छ भने याे अार्थिक बर्षमात्र पाेषण सम्बन्धि कार्यत्रफम अगाडी बढाउन कालिकाेटका लागि ८७ लाख बढी रकम अाइसकेकाे समेत अायाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ