Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा सरकारी कर्मचारीसहित ६ जुवाडे पक्राउ

२०७४, १० कार्तिक शुक्रबार ०६:३४

ताराबहादुर महत । कार्तिक १०, दोलखा । जुवातास खेलिरहेको अवस्थामा दोलखा प्रहरीले भिमेश्वर नगरपालिकाबाट नगदसहित ६ जनालाई विहिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भिमेश्वर नगरपालिका वडा नम्बर ५ का सुजन सुवेदी, वडा नम्बर ३ का रामकाजी लामा, भिमेश्वर–१ का रामेश्वर गिरी रहेका छन । त्यसैगरी तामाकोशी गाउँपालिका वडा नम्बर ४ का दलबहादुर खड्का, रामेछाप गेलु–४ का खिलिन्द्र खत्री र झापा गौधारा–९ का पुष्प बस्नेतलाई जुवातास खेलीरहेको अवस्थामा पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । भिमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित पाङदोर्जे शेर्पाको घरमा पैसा हारजितको उद्धेश्यले जुवातास खेलिरहेका उनीहरुलाई प्रहरी टोलिले पक्राउ गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका सुवेदी भिमेश्वर नगरपालिकाको लेखा प्रमुख, बस्नेत गौरीशंकर गाउँपालिकाका लेखापाल र खड्का तामाकोशी–१ भिरकोटको स्वास्थ्य चौकी इन्चार्जको जिम्मेवारीमा रहेको बुझिएको छ । उनीहरुको साथबाट नगद १ लाख ६ हजार ६ सय पन्चानब्बे रुपैँया बरामद गरिएको र पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो