कात्तिक १०, धादिङ्ग | समग्र विकास सेवा केन्द्र धादिंगले सिमान्तकृत बर्गहरुको लागि सशक्तिकरण कार्यक्रम अन्तर्गत जिल्लाको तीन वटा गाउपालिका तथा साविकको चार व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १०, धादिङ्ग | समग्र विकास सेवा केन्द्र धादिंगले सिमान्तकृत बर्गहरुको लागि सशक्तिकरण कार्यक्रम अन्तर्गत जिल्लाको तीन वटा गाउपालिका तथा साविकको चार व"/>

2026-10-15 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

समग्रद्वारा धादिङको सामाजिक परिवारलाई ट्यांका वितरण


कात्तिक १०, धादिङ्ग | समग्र विकास सेवा केन्द्र धादिंगले सिमान्तकृत बर्गहरुको लागि सशक्तिकरण कार्यक्रम अन्तर्गत जिल्लाको तीन वटा गाउपालिका तथा साविकको चार वटा गाविसमा गठित ३५ वटा सामाजिक परिवारलाइ ट्यांका र स्टेसनरी सामग्री वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ |

गजुरी गाउपालिका वाड न. १ स्थित स्रोतकेन्द्र भवनमा आयोजित कार्यक्रम गजुरी गाउपालिकाका वडा न.१ का वडा अधक्ष्य श्री राज कुमार पण्डितको प्रमुख आतिथ्यतामा ३५ वटा सामाजिक परिवारका सदस्याहरुका साथै ७८ जनाका बाक्लो उपस्थिति भएको थियो भने उक्त कार्यपालिकाका सदस्य श्री धन कुमारी हमाल तथा थाक्रे गाउपालिका वाड न. ५ मा अबस्थित प्रेम सागर फाउन्डेसनका ब्यावस्थापक श्री भोला राउतको अतिथिमा  रहेका थिए | 

धादिंग जिल्लाको साविकको ८ वटा साविकका गाविसहरु रि, तसर्पु, जोगीमारा, बेनिघाट, कुम्पुर, थाक्रे, पिडा र गजुरीमा आफ्नो कार्यक्ष]त्र  बनाउदै आएको समग्र विकास सेवा केन्द्रले सशक्तिकारण कार्यक्रम अन्तर्गत हाल सम्म  १२० वटा सामाजिक परिवार गठन भैसकेको छ भने प्रभावकारी, उपयोगमुलक र क्षत्रको आधारमा आबस्यक पनि भएको कारणले  अबको एक वर्ष सम्ममा ५० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको कुरा समग्र विकास सेवा केन्द्र धादिंगका जिल्ला संयोजक इश्वर कंडेलले जानकारी दिए  | समग्र विकास सेवा केन्द्रले गरिरहेको कार्यक्रम धेरै नै प्रभावकारी  र आबस्यकता मुलक भएको र जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्ने गजुरी गाउपालिका वाड न. १ का वडा अध्यक्षले प्रतिबद्ता जाहेर गरे | त्यस्तै  सिमान्तकृत वर्गहरुको लागि यस्तो कार्यक्रम ल्याइदिनु भएकोमा समग्र विकास सेवा केन्द्रलाई धन्यबाद सहित कार्यक्रमले आफ्नो जिबनस्तरमा वृद्धि र प्रगति पनि भएको चेतनशिल सामजिक परिवारको उपाधक्ष्य श्री सरिता बि.क.ले बताइन् | त्यस्तै साबिकको तसर्पु गाविसमा गठित सूर्यमुखी सामाजिक परिवारका सदस्य श्री प्रेम न्ह्यागी लामाले आफ्नो सामाजिक परिवारले कार्यक्रमबाट भएको प्रगति विवरण तथा बृद्दी विकासका अनुभवहरु सबै सामु बाड्नु भएको थियो |

कार्यक्रमको मुख्य उदेश्य संस्थाको संस्थागत विकास रहेको छ भने सामाजिक परिवारमा भएको सम्पूर्ण हिसाबलाई ब्याबस्थापन गर्न एउटा सामाजिक बराबर पासबुक-सामाजिक परिवारको संख्या अनुसार, लेजरबुक-१ थान, क्यालकुलेटर-१ थान, रजिस्टर-१ थान, रेकर्ड फाइल-५ थान, स्टिच मेसिन-१ थान, पंचिंग मेसिन-१ थान , इन्डेक्स फाइल-१ थान, स्केल-१ थान, स्टिच पिन-१ थान, ताल्चा-१ थान, स्ट्याम प्याड-१ थान, फुलिसकेप-१ रोल, सेल्लोकलम-५ थान आदि सामाग्रीहरु वितरण गर्नुको साथ साथै त्यहाँ रहेको खातापाता सामग्रीलाई सुरक्षित तरिकाले राख्नको लागि प्रत्येक सामाजिक परिवारलाई एक-एक वटा ट्यांका बाकस पनि कार्यक्रमका प्रमुख अतिथिको हातबाट वितरण गरिएको थियो |

यसै कार्यक्रम अन्तर्गत समग्र बिकास सेवा केन्द्र धादिंगले यहि २०७४ कार्तिक महिनाको ११ गते साविकको थाक्रे तथा तसर्पु गाविसमा गठित १३ वोटा सामाजिक परिवारको लागि ट्यांका तथा स्टेसनरी सामग्रीहरु वितरण गर्दै छ भने धादिंग जिल्लामा गठित बाकि रहेको अन्य सामाजिक परिवारको संस्थागत विकासको लागि ट्यांका तथा स्टेसनरी सामग्रीहरु वितरण गर्ने योजना बनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने