१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

टावरमा पावरको अभाव, सेवाग्राही मर्कामा

१४ माघ २०७२, बिहीबार ०३:२२

kalikot news

दलसिंह गिरी । माघ १४, कालीकोट । जिल्लामा रहेका नेपाल टेलिकमको टावरमा पावरको अभाव भए पछि संचार सुविधा निरन्तर सुचारु नहुदा सेवाग्राही मर्कामा परेका छन् । जिल्लाको एक मात्र साना जलविद्युत आयोजना पोतमारा साना जलविद्युत आयोजनाको नहर ३ महिना अघि भत्कीदा जिल्लाको विभिन्न ठाउमा रहेका टेलिकम टावरमा पावरको अभाव हुदा सेवाग्राही मर्कामा परेका हुन् ।

मेहलुमडी फुकोट, लालु, जुविथा, जिमजेडी लगायतका विभिन्न ठाउमा जिएसएम मोवाईल टावर निर्माण भै सेवा प्रवाह भएपनि पावरको अभावका कारण सेवाग्राहीले सेवामा निरन्तरता पाएका छैनन् । टावरमा जडान भएका सोवारहरु पनि घाम लागे पछि मात्र सुचारु हुने र घाम अस्थाउदा साथ सेवा बन्द हुने हुनाले सेवाग्रही मर्कामा परेका छन् ।

जिल्ला सदरमुकाम मान्ममा रहेको टेलिफोनको टावरमा दिउसो सोलार र विहानबेलुका र राती जेनेरेटर बाट पावर दिई सेवा सचारी गरिरहे पनि राती थ्रिजी जस्ता केही सेवा अप्रयाप्त पावरका कारण घटाउनु परेको नेपाल टेलिकम कालिकोटले बताएको छ । नेपाल टेलिकमबाट पाउने सम्पूर्ण सेवा प्रभावकारी रुपमा सेवाग्राहीलाई दिने चाहना हुदाहुदै पनि पावरका कारण सेवा प्रभावित हुदै गएको नेपाल टेलिकम कालिकोटका प्रमुख जितबहादुर त्यागी बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव