पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र कर्जन्हाले साझा सबाल सिरहाका जिल्ला सम्पादक तथा रेडियो धड्कन मिर्चैयाका समाचार प्रमुख राम नारायण पंडितलाई सम्मान गरेको छ ।

करीब एक दशकदेखि पत्रकारिता गर्दै आएका पंडितलाई समाजिक, र्आिर्थक, राजनितिक, शैक्षिक र विकास निर्माणका काममा योगदान पुर्याएको भन्दै संस्थाले शुक्रवार दोसल्ला ओढाइ सम्मान गरेको हो ।

सिरहा जिल्लामा रही पत्रकारीता मार्फत आमजनतासंग सरोकार राख्ने विभिन्न क्षेत्रमा योगदान पु¥याएको भन्दै कर्जन्हा नगरपालिका ७ सिमरामा आयोजना गरिएको कार्यक्रममा पत्रकार पंडितलाई संस्थाका अध्यक्ष सिंहेश्वर पासवानले सम्मान गरेका हुन् ।

साझासबाल डटकमका सिरहा सम्पादक रहेका पत्रकार पंडित अप्पन टेलिभिजनका सिरहा समाचारदाता समेत हुन् । संस्थाले बिभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै एक दर्जन भन्दा बढी व्यक्तिहरुलाई समेत सम्मान गरेका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष पासवानको अध्यक्षता र पुर्व कानुनमन्त्रि अजयशंकर नायकको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट आतिथिका रुपमा सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो, विद्यालय निरिक्षक उपेन्द्र महतो र स्रोत व्यक्ति श्याम यादब, नेकपा माओबादी केन्द्रका नेता चन्द्रेश्वर यादब लगायतका उपस्थिति रहेका थिए ।