२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

युथ्स भ्वाईसद्वारा हात्ती पीडितलाई खाद्यान्न र लुगाकपडा सहयोग

२०७४, ११ कार्तिक शनिबार ०८:०२

कात्तिक ११, कञ्चनपुर । युथ्स भ्वाईस महेन्द्रनगरले कञ्चनपुरका हात्ती पीडितलाई सहयोग गरेको छ । 

शनिबार युथ्स भ्वाईसले कञ्चनपुर बेल्डाँडी–१ झर्नासागरका हात्ती पीडित गगन सिह महरालाई खाद्यान्न र लुगा कपडा सहयोग गरेको हो ।

युथ्स भ्वाईस महेन्द्रनगरका अध्यक्ष शुनिल सिह बोहराले आपत विपद् संकट परेका बेला मानविय सहयोग भन्दै हात्ती पीडित महरालाई सहयोग गरेको बताए । 

अध्यक्ष बोहराका अनुसार हात्ती पीडित महरालाई एक क्विन्टल चामल, पीडित परिवारका तीन बालबालिका, दुई बयस्क, महिला र बृद्धका लागि हिउँदमा लगाउने सात सात जोर लत्ताकपडाका साथै ३ थान डसना, ३ थान तन्ना र २सिरानी सहयोग गरिएको छ । युथ्स भ्वाईस महेन्द्रनगरका अध्यक्ष बोहरा सहितका पदाधिकारीले पीडित महरालाई शनिबार उक्त राहत समाग्री हस्तान्तरण गरेका छन् । 

राहत समाग्री हस्तान्तरण गर्दै युथ्स भ्वाईस महेन्द्रनगरका अध्यक्ष बोहराले सानै भएपनी पीडितको घाउमा मलम लगाउनका लागि सहयोग गरेको बताए । ‘थुथ्स भ्वाईसले प्रतिनिधीमुलक सहयोग मात्रै गरेको हो, ‘उनले भने, ‘समाजका पीडित नागरिकको सबैले उद्दार गर्नुपर्छ ।’ 

अध्यक्ष बोहराले युथ्स भ्वाईस महेन्द्रनगरले भुकम्प, वाढीपीडित, विपन्न बालबालिका र संकटमा परेका नागरिकको उद्दारका लागि काम गर्दै आएको बताए । कञ्चनपुर जिल्ला सदरमुकाम लगायतका शहरको सरसफाईमा समेत थुथ्स भ्वाईसले पहल कदम गरेको अध्यक्ष बोहराले बताए । 

आगामी दिनमा समेत युथ्स भ्वाईसले समाजिक काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । राहत समाग्री ग्रहण गर्दै हात्ती पीडित महराले युथ्स भ्वाईस महेन्द्रनगरले गरेको सहयोग अविष्मरणीय भएको बताए । 

तिहारकै मुखमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको एक हात्तीको बथानले महराको घर भत्काए पछि विचल्लीमा परेका थिए । महराको घर भत्काउनुका साथै घरभित्र रहेको अन्न समेत नष्ट गरिदिएको थियो ।

 सरकारी निकायबाट राहत प्राप्त गर्ने प्रकृया ढिलाई हुँदा उनको दैनिकी समेत समस्यामा पर्दै आएको छ । संचार माध्यममा हात्ती पीडितको विचल्ली समाचार प्रकासित भएपछी पीडित महरालाई कञ्चनपुरका विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । 

हात्ती पीडित महराले सहयोग गर्ने सबैलाई धन्यवाद समेत प्रकट गरेका छन् । पछिल्ला बर्षहरुमा कञ्चनपुरका जंगली हात्तीको आतङ्कले यहाँका कृषक मारमा पर्दै आएका छन् । सरकारी निकायले दिने राहत प्रकृया ढिलाईका कारण मानव र बन्यजन्तु विचको द्वन्द्व समेत बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो