१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दादुरा रुवेला विरुद्धको खोप अभियान बारे संचारकर्मीलाइ अभिमुखीकरण

२२ माघ २०७२, शुक्रबार ०८:४२

दलसिंह गिरी/ माघ २२, कालिकोट । दादुरा रुवेला विरुद्धको खोप अभियानका बारे कालिकोटमा क्रियाशिल पत्रकारहरूलाइ अभिमुखीकरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटको आयोजनामा संचालित १ दिने अभिमुखीकरण गोष्ठी मार्फत दादुरा रूवेला खोपबारे संचार मेडियामार्फत सबै समुदायलाइ सचेतिकरण गराउन पत्रकारहरूलाइ अभिमुखीकरण गरिएको आयोजकले जनाएको छ ।
hari bahadur khatri

यहि माघ २४ गते देखि फागुन ३ गते सम्म पहिलो चरण जिल्लाका रकु गाविस सहित तिला कर्नाली क्षेत्रमा पर्ने १३ वटा गाविसमा खोप अभियान सञ्चालन गर्ने र कर्नाली क्षेत्रमा पर्ने जिल्लाका रकु बाहेका अन्य १६ वटा गाविसमा फागुन १० गते देखि १८ गते सम्म खोप अभियान सञ्चालन हुने भएकाले दादुरा रूवेला रोगले मानव स्वास्थ्यमा पार्ने प्रभाव र खोपको आवश्यकता बारे सबै समुदायलाइ सचेतिकरण गर्न संचार माध्यमले महत्वपूर्ण भुमिका खेल्ने भएकाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोट निमित्त प्रमुख हरी बहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।

अभिमुखिकरण कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय कालिकोटमा कार्यरत खोप अभियानका फोकल पर्शन ओजर आलम र खोप अभियान सुपरभाइजर सुनिता कँडेलले सहजिकरण गर्नु भएको छ । दादुरा रुवेला बिरूद्धको खोप ९ महिना देखि पाँच वर्ष मुनिका वालवालिकालाई लगाइने र जिल्लाका २ सय ७० खोप केन्द्रबाट खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा कुल २२ हजार २ सय ५७ जना बालबालिलाई यो खोप दिइने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी