२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मौसमी रुघा ज्वरोका कारण १ जनाको मृत्यु, गाउँ पुरै थला

२०७२, २३ माघ शनिबार ०८:२१

दलसिंह गिरी/ माघ २३, कालिकोट ।  कालकोटरमौसमी रुघा ज्वरोले १ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मान्म देखि १३ कोष पश्चिम उत्तरतर्फ पर्ने सिपखाना गाविस वडा नं। ८ कुमालवाडा की एक ५० बर्षिया विजला कुमालको मृत्यु भएको हो । १०र१२ दिन देखि लगातार आएको रुघा ज्वरोका कारण विजला कुमालको मृत्यु भएको स्थानीय विर्ख कुमालले बताउनु भएको छ । मौसमी रुघा ज्वरोका कारण पुरै गाउनै थला परेको कुमालले बताउनु भएको छ ।
joro ko karan mritu
मौसमी रुघा ज्वरोका कारण दैनिक ३० देखि ४० जना सम्म विरामी स्वास्थ्य चौकी सिपखानामा आउने गरेको सिपखाना स्वास्थ्य चौकी सह इन्चार्ज सिवराज न्यौपानेले टेलिफोन मार्फत जानकारी दिनुभएको छ । स्वास्थ्य चौकीमा आउने विरामीमा प्राय रुघा, टाउको दुख्ने, ज्वरो आउने हातगोडा खाइने जस्ता लक्षण भएका विरामी आउने गरेको न्यौपानेले बताउनु भयो ।

रुघा ज्वरोका विरामीहरु स्वास्थ्य चौकीमा एक्कासी बढ्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट औषधी माग गरेपनि प्रयाप्त औषधी नपाईएको स्वास्थ्य चौकी इन्चार्ज जनकराज न्यौपानेले जानकारी दिनु भएको छ । बढ्दो विरामी चापका कारण जिल्ला स्वास्थ्य कार्यालय बाट प्राप्त औषधी २र४ दिनमै सकिने गरेको न्यौपानेले बताउनु भयो । आज विहान मृत्यु भएकी महिलाको बारे जानकारी दिदै न्यौपानेले मौसमी रुघा ज्वरोले विरामी विजला कुमालको स्वास्थ्य संस्थामा उपचार भैसकेको तर घरमा विरामी स्याहारको अभावका कारण उनको मृत्यु भएको बताउनु भएको छ ।

joro

यता जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख हरि बहादुर क्षेत्रीले सिपखाना लगायत रास्कोट क्षेत्रमा मौसमी रघा ज्वरोको विरामी ब्यापक बढेको भन्ने खबर प्राप्त पछि जिल्ला स्वास्थ्यमा रहेको मौजदात औषधीको मात्रा अनुसार औषधी उक्त क्षेत्रमा पठाइसकेको बताउनु भएको छ । ब्यापक फैलिएको रुघा ज्वरोका बारे त्यहाका स्वास्थ्य इन्चार्जहरु संग छलफल गरी डाक्टर सहितको टोली नै खटाईने नखटाईने बारे छलफल गर्न तयारी भएको निमित्त प्रमुख क्षेत्रीले जानकारी दिनु भएको छ ।

रुघा ज्वरो कै कारण केटा, केटी र बृद्धबृद्धा बढी प्रभावित भएका स्थानीय वासी बताउछन् । यस अघि रुघा ज्वरोकै कारण ३र४ जना बृद्धबृद्धा मरिसकेको स्थानीय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !