८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मौसमी रुघा ज्वरोका कारण १ जनाको मृत्यु, गाउँ पुरै थला

२३ माघ २०७२, शनिबार ०८:२१

दलसिंह गिरी/ माघ २३, कालिकोट ।  कालकोटरमौसमी रुघा ज्वरोले १ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मान्म देखि १३ कोष पश्चिम उत्तरतर्फ पर्ने सिपखाना गाविस वडा नं। ८ कुमालवाडा की एक ५० बर्षिया विजला कुमालको मृत्यु भएको हो । १०र१२ दिन देखि लगातार आएको रुघा ज्वरोका कारण विजला कुमालको मृत्यु भएको स्थानीय विर्ख कुमालले बताउनु भएको छ । मौसमी रुघा ज्वरोका कारण पुरै गाउनै थला परेको कुमालले बताउनु भएको छ ।
joro ko karan mritu
मौसमी रुघा ज्वरोका कारण दैनिक ३० देखि ४० जना सम्म विरामी स्वास्थ्य चौकी सिपखानामा आउने गरेको सिपखाना स्वास्थ्य चौकी सह इन्चार्ज सिवराज न्यौपानेले टेलिफोन मार्फत जानकारी दिनुभएको छ । स्वास्थ्य चौकीमा आउने विरामीमा प्राय रुघा, टाउको दुख्ने, ज्वरो आउने हातगोडा खाइने जस्ता लक्षण भएका विरामी आउने गरेको न्यौपानेले बताउनु भयो ।

रुघा ज्वरोका विरामीहरु स्वास्थ्य चौकीमा एक्कासी बढ्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट औषधी माग गरेपनि प्रयाप्त औषधी नपाईएको स्वास्थ्य चौकी इन्चार्ज जनकराज न्यौपानेले जानकारी दिनु भएको छ । बढ्दो विरामी चापका कारण जिल्ला स्वास्थ्य कार्यालय बाट प्राप्त औषधी २र४ दिनमै सकिने गरेको न्यौपानेले बताउनु भयो । आज विहान मृत्यु भएकी महिलाको बारे जानकारी दिदै न्यौपानेले मौसमी रुघा ज्वरोले विरामी विजला कुमालको स्वास्थ्य संस्थामा उपचार भैसकेको तर घरमा विरामी स्याहारको अभावका कारण उनको मृत्यु भएको बताउनु भएको छ ।

joro

यता जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख हरि बहादुर क्षेत्रीले सिपखाना लगायत रास्कोट क्षेत्रमा मौसमी रघा ज्वरोको विरामी ब्यापक बढेको भन्ने खबर प्राप्त पछि जिल्ला स्वास्थ्यमा रहेको मौजदात औषधीको मात्रा अनुसार औषधी उक्त क्षेत्रमा पठाइसकेको बताउनु भएको छ । ब्यापक फैलिएको रुघा ज्वरोका बारे त्यहाका स्वास्थ्य इन्चार्जहरु संग छलफल गरी डाक्टर सहितको टोली नै खटाईने नखटाईने बारे छलफल गर्न तयारी भएको निमित्त प्रमुख क्षेत्रीले जानकारी दिनु भएको छ ।

रुघा ज्वरो कै कारण केटा, केटी र बृद्धबृद्धा बढी प्रभावित भएका स्थानीय वासी बताउछन् । यस अघि रुघा ज्वरोकै कारण ३र४ जना बृद्धबृद्धा मरिसकेको स्थानीय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता