११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्राकृतिक श्रोत व्यवस्थापनमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण बारे ३ दिने अभिमुखीकरण सुरु

२३ माघ २०७२, शनिबार १०:५३

दलसिंह गिरी/ माघ २३, कालिकोट । प्राकृतिक श्रोत व्यवस्थापनमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम जिल्ला सदरमुकाम मान्ममा आज संचालन भएको छ । बहुसरोकारवाला वन कार्यक्रम सादा नेपालको आयोजनामा कार्यक्रम संचालित ११ वटा गाविसमा रहेका सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारी तथा कृषि बन बातावरण समितिका पदाधिकारीहरुको उपस्थितिमा तालिम संचालन भएको हो ।

सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालका अध्यक्ष अशोक नाथ योगीको अध्यक्षता, जिल्ला बन कार्यालयका निमित्त कार्यालय प्रमुख मनिर अंसारीको प्रमुख आथित्यता, महिला तथा बालबालिका कार्यालय कालिकोटका महिला अधिकृत सिता थापाको विशेष आथित्यता, एसएसयु कालिकोट जिल्ला प्रतिनिधि उमेश्वर चौधरीको आथित्यतामा तालिमको उद्घाटन गरिएको सादा नेपाल बहुसरोकारवाला बन कार्यक्रमका परियोजना संयोजक शुवास विश्वकर्माले जानकारी दिनु भएको छ ।

एसएसयुको आर्थिक सहयोग तथा सादा नेपालको आयोजनामा संचालित तालिममा लिङ्ग र लैङ्गिकताको अवधारणा, फरक र जैविक विविधता संरक्षणमा सामाजिक समावेशीकरणको आवश्यकता, प्राकृतिक श्रोत व्यवस्थापन, संरक्षणको क्षेत्रमा विद्यमान लैङ्गिक तथा सामाजिक समावेशीकरण सम्बन्धी कानुनी प्रावधान, जैविक विविधता संरक्षणमा लैङ्गिक आवश्यकता, लैङ्गिक भूमिका तथा लैङ्गिक विश्लेषण, लैङ्गिक तथा सामाजिक समावेशीकरण संवेदनशील नेतृत्व र सुशासनबारे जानकारी, संरक्षणको क्षेत्रमा देखा पर्न सक्ने लैङ्गिक हिंसाका प्रकारहरू बारे जानकारी र संवैधानिक तथा कानुनी उपचार बारे सामुदायिक बन उपभोक्ता समुहका महिलाहरुलाई जानकारी गराउने गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सादा नेपालका अध्यक्ष अशोक नाथ योगीले बताउनु भएको छ ।

तालिममा बहुसरोकारवाला वन कार्यक्रम लागु भएका ११ वटा गाविसका सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधि तथा कृषि बन तथा बातावरण समितिका पदाधिकारीहरु गरी ३० जना महिलाहरु को सहभागिता रहेको आयोजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी