2026-06-29 05:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्राकृतिक श्रोत व्यवस्थापनमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण बारे ३ दिने अभिमुखीकरण सुरु

दलसिंह गिरी/ माघ २३, कालिकोट । प्राकृतिक श्रोत व्यवस्थापनमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धि ३ दिने अभिमुखिकरण तालिम जिल्ला सदरमुकाम मान्ममा आज संचालन भएको छ । बहुसरोकारवाला वन कार्यक्रम सादा नेपालको आयोजनामा कार्यक्रम संचालित ११ वटा गाविसमा रहेका सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारी तथा कृषि बन बातावरण समितिका पदाधिकारीहरुको उपस्थितिमा तालिम संचालन भएको हो ।

सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालका अध्यक्ष अशोक नाथ योगीको अध्यक्षता, जिल्ला बन कार्यालयका निमित्त कार्यालय प्रमुख मनिर अंसारीको प्रमुख आथित्यता, महिला तथा बालबालिका कार्यालय कालिकोटका महिला अधिकृत सिता थापाको विशेष आथित्यता, एसएसयु कालिकोट जिल्ला प्रतिनिधि उमेश्वर चौधरीको आथित्यतामा तालिमको उद्घाटन गरिएको सादा नेपाल बहुसरोकारवाला बन कार्यक्रमका परियोजना संयोजक शुवास विश्वकर्माले जानकारी दिनु भएको छ ।

एसएसयुको आर्थिक सहयोग तथा सादा नेपालको आयोजनामा संचालित तालिममा लिङ्ग र लैङ्गिकताको अवधारणा, फरक र जैविक विविधता संरक्षणमा सामाजिक समावेशीकरणको आवश्यकता, प्राकृतिक श्रोत व्यवस्थापन, संरक्षणको क्षेत्रमा विद्यमान लैङ्गिक तथा सामाजिक समावेशीकरण सम्बन्धी कानुनी प्रावधान, जैविक विविधता संरक्षणमा लैङ्गिक आवश्यकता, लैङ्गिक भूमिका तथा लैङ्गिक विश्लेषण, लैङ्गिक तथा सामाजिक समावेशीकरण संवेदनशील नेतृत्व र सुशासनबारे जानकारी, संरक्षणको क्षेत्रमा देखा पर्न सक्ने लैङ्गिक हिंसाका प्रकारहरू बारे जानकारी र संवैधानिक तथा कानुनी उपचार बारे सामुदायिक बन उपभोक्ता समुहका महिलाहरुलाई जानकारी गराउने गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सादा नेपालका अध्यक्ष अशोक नाथ योगीले बताउनु भएको छ ।

तालिममा बहुसरोकारवाला वन कार्यक्रम लागु भएका ११ वटा गाविसका सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधि तथा कृषि बन तथा बातावरण समितिका पदाधिकारीहरु गरी ३० जना महिलाहरु को सहभागिता रहेको आयोजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी