२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रधानाध्यापकले लाखौ रकम हिनामिना गरेको भन्दै जिशिकामा ज्ञापनपत्र

२०७२, २५ माघ सोमबार १३:०३

माघ २५, कालिकोट । विद्यालयका प्रधानाध्यापकले विद्यालयको नाममा रहेको लाखौ रकम हिनामिना गरेको भन्दै आठ राजैतिक दलहरुले संयुक्त विज्ञप्ती निकाली जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । श्री मोतिराम उमाविका प्राधानाध्यापक दानबहादुर बमले आव २०६६र०६७ देखि विद्यालयमा छात्रछात्राको नाममा आएको दिवा खाजा र छात्रवृति रकम हिनामीना गरेको भन्दै आठ राजनैतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ती निकाली कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

सिपखाना गाउकार्य समितिमा कार्यरत विभिन्न आठ राजनैतिक दलका पार्टी प्रतिनिधिहरुले संयुक्त हस्ताक्षरमा प्रेसविज्ञप्ती जारी गर्दै मोतिराम उमाविका प्रह बमले विद्यालयको नाममा आउने छात्रवृति र दिवा खाजाको रकम हिनामीना गरी किर्ते विरभरपाई मिलाएर जिल्ला शिक्षा कार्यालयमा पेश गरेको, विद्यालय संचालनका लागि आवश्यक सामान खरिदका लागि आएको रकम हिनामीना गरेको, विद्यालयमा हाल सम्म पब्लिक अडिट समेत नगरेको, विद्यालयमा उमावि तहको शिक्षक नियुक्तीमा मनपरी गरेको, विद्यालय ब्यवस्थापन समितिको पुनर गठनका लागि कुनै पहल नगरेकाले विद्यालयमा पठनपाठन गर्ने छात्रछात्राहरुको समृद्ध भविश्य माथि खेलवाड गरेको बताएका छन् ।

जिल्ला शिक्षा कार्यालयलाई सम्बोधन गर्दै लेखिएको प्रेस विज्ञप्तीमा विद्यालयमा प्रह बमले गरेको ज्याजति गरेको भन्दै यसको छानविन गरी कार्वाहि प्रक्रिया अगाडी बढाईदिन ध्यानाआकर्षण गराएको उल्लेख गरिएको छ । यहि सम्बन्धित कार्यालयले समयमै ध्यान आक्रिष्ठ नगरे कार्यालयका कर्मचारीहरुनै जवाफदेहि हुनुपर्ने कुरा समेत अवगत गराएका छन् ।

संयुक्त प्रेस विज्ञप्तीमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राष्टिय जनमोर्चा, माओवादी (विप्लव पक्ष), राप्रपा नेपाल, राप्रपा, नेमकिपा का गाउकार्य समितिका पदाधिकारी हरूले संयुक्त हस्ताक्षर रहेका छन् ।

kalikot

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !