Skip to content
Friday, July 17, 2026 Nepali Online Media

महोत्तरी जिल्लामा ११ मतदान केन्द्र थपियो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १४, गौशाला (रासस) | आउँदो मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि महोत्तरी जिल्लामा ११ वटा मतदान केन्द्र थप गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ४१५ मतदान केन्द्र कायम भएको महोत्तरी जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ११ मतदान केन्द्र थप गरिएको हो ।

अहिले महोत्तरीमा ४२६ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी पिंकी रायले बताउनुभयो । तर मतदानस्थल स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २५८ वटा नै अहिले पनि कायम रहेको जिल्ला निर्वाचन अधिकारी रायले बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी रायका अनुसार जिल्लामा थप हुने मतदान केन्द्रहरुमा मटिहानी नपाको धिरापुर प्रावि, रामगोपालपुर नपाको दोलाठी निमावि, लोहारपट्टि नपाको प्रावि फुलबरिया रहेका छन् ।

त्यस्तै, भंगहा नपाको सिंग्याही मावि, भगवतीपुर निमावि, बिपी स्मारक ज्ञानकुञ्ज अजगेवा, एकडारा गाउँपालिकाको नेरा प्रावि बेला रहेका छन् ।

त्यसैगरी, बर्दिबास नपाको वरडाँडा मावि, खयरमारा मावि, कृषि सेवा केन्द्र, नयाँबजार र गौशाला नपा पूर्वको स्वास्थ्य चौकीमा मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन अधिकारी रायले बताउनुभयो ।