११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नयाँ नेतृत्व सहित राष्ट्रिय जनमाेर्चाकाे अधिवेसन सम्पन्न

१ फाल्गुन २०७२, शनिबार ०८:०३

kalokotदलसिंह गिरी/फागुन १, कालिकाेट । नयाँ नेतृत्व सहित राष्ट्रिय जनमाेर्चा कालिकाेटकाे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।

राष्ट्रिय जनमोर्चा कालिकोटका नि बर्तमान उपाध्यक्ष कटक बहादुर शाहीकाे नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमतले चयनगरी पाचौं जिल्ला सम्मेलन आज विहान सम्पन्न भएकाे हाे ।

जनमोर्चा कालिकोटका निवर्तमान अध्यक्ष्य कमल बिक्रम शाहिको अध्यक्ष्यतामा हिजाे जिल्ला सदरमुकाम मान्म प्रतिमा चाेकमा उद्घाटन गरिएको अधिवेशन बिबिध निर्णय सहित सम्पन्न भएकाे नवगठित जिल्ला कार्यसमितिका सह सचिव हुकुमराज शाहीले बताउनु भएकाे छ ।

पाचाै अदिवेशनबाट उपाध्यक्ष मिन बहादुर शाही, सचिव रण बहादुर शाही सह सचिव हुकुम शाही, काेषाध्यक्ष हरिचन्द्र गिरी, सदस्यमा सत्या शाही, कृष्ण शाही, अनन्त बराल, लाेकजंग शाही, चित्र बहादुर बुढा, रत्न बुढा, पम्फ सेजुवाल, बिरू भारती, अबिलाल शाही, मान बहादुर अधिकारी रहेकाे राष्ट्रिय जनमाेर्चा कालिकाेटले जनाएकाे छ ।

राष्ट्रिय जनमार्चाका केन्दीय सदस्य तुल्सीराम सापकाेटाकाे प्रमुख आथित्यता, केन्द्रीय सदस्य रत्नबिक्रम प्यासीकाे बिशेष अाथित्यता र केन्द्रीय सल्लाहकार सदस्य द्वाेय जयक्रिष्ण संज्याल, देवजंग शाहीकाे आतिथ्यता अधिवेसनकाे उद्घाटन गरी सम्पन्न भएकाे सहसचिव शाहीले जानकारी दिनुभएकाे छ ।

अधिवेशनमा जिल्लाका ३० वटै गाबिसका पार्टी प्रतिनिधिहरूकाे उल्लेख्य उपस्थिति रहेकाे र कार्यक्रममा रक्तिम सांकृतिक परिवारकाे सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएकाे अायाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल