Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाही सहित तराई मधेश क्षेत्रमा समाचकेवा पर्वको रौनक

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सरोज यादव/कात्तिक १४, सर्लाही । दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीका रुपमामनाइने सामाचकेवा पर्वको रौनक सर्लाही सहित तराई मधेश क्षेत्रमा बढेर गएको छ ।

समाचकेवा पर्वमा माटोको कलात्मक रुपमा समा, चकेवा, चुगला लगायतका पात्रहरुलाइ माटोले बनाएर पूजापाठ गर्ने गरिन्छ । समा स्त्री र चकेवा पुरुष पात्र हुन् ।

मिथिलाञ्चल भरी छठको खरनादेखि कार्तिक पूर्णिमासम्म मध्यरातिमा खेलिने सामाचकेवा पर्वका कारण यो गीत अहिले हरेक महिला र विशेष गरि युवतीहरुको मुखमुखमा झुण्डिएको छ । प्रायःजसो खाना खाएर साँझदेखि शुरु हुने यो खेल गाउँका युवती एवं महिलाले सामूहिक रुपमा खेल्छन्

यो पर्वमा मैथिल नारीहरुले दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गीतका माध्यमले गितान्जली शैलीमा गाली गरी मनोरंजन गर्दछन् । कात्तिक पूर्णिमासम्म मनाइनेसमा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ । छठ अन्तर्गत खरनाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा समापन गरिन्छ ।

दाजुभाईले समाचकेवा लगायतका पात्रहरुलाई घुंडामा राखेर फुटाएपछि नदी, तलाउ तथा खुला चौरमा गाडेर समापन गर्ने परम्परा रहेको छ । समा चकेवा पर्व मनाउनका लागि मैथिल नारीहरु माइती जाने चलन समेत रहेको छ । बाहिर रहेका दाजुभाईहरु समेत समाचकेवाको पर्वमा घर फर्किने गर्दछन् ।

रक्षा बन्धन तथा भाई टीका पर्व भ्याउन नसकेका दाजुभाई तथा दिदीबहिनी समेत यस पर्वमा सहभागी हुनुपर्ने मान्यता रहेको छ । नयाँ पुस्ताका महिलालाई माटाको मूर्ति बनाउने कलाको ज्ञानसमेत यस पर्वको माध्यमबाट प्राप्त हुने विस्वास मानिन्छ ।