११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

फलफूल ब्यवसायमा कृयाशिल भएर लाग्न कृषकलाइ न्यायाधिस पाण्डको आग्रह

१ फाल्गुन २०७२, शनिबार ११:२१

nyadhis1दलसिंह गिरी/फागुन १, कालिकोट । ब्यवशायरुपमा फलफुल खेती तर्फ कृषकहरु नियमित लाग्न सके केही बर्ष भित्र कृषकहरु आन्तनिर्भर भै बेरोजगारपन हट्न सक्ने जिल्ला न्यायाधिस केशव पाण्डेले बताउनु भएको छ ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटले रकु गाविसको रेगिंलघाटमा आयोजना गरेको विरुवा वितरण कार्यक्रममा बोल्दै न्यायाधिस पाण्डेले यस्तो बताउनु भएको हो ।

ओखरको पकेट क्षेत्र मानिने जिल्लाका ८ ओटा गाविस रकु, मेहलमुडी मुम्रा रुप्सा, कुमालगाउ, माल्कोट कोटबाडा र लालुका कृषकहरुलाई ओखर तथा स्याउका विरुवा वितरण कार्यक्रममा प्रमुख अथिति समेत रहनु भएका पाण्डेले कृषकलाई विरुवा वितरण गर्दै आफ्नो छोराछोरीलाई बाल्य अवस्थामा जसरी स्याहार सुसार गरेर हुर्काउछौं त्यसरी नै यि ओखर र स्याउका विरुवा गोडमेल तथा काटछान गर्न सुझाव समेत दिनु भएको छ ।

कृषि विकास अधिकृत शुनिल कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा ८ वटा गाविसका गरिव ३ सय जना कृषकलाई कृर्षि प्रशारण कार्यक्रम अन्तर्गत ओखरका ६ हजार विरुवा वितरण गरिएको र स्याउ आत्मनिर्भर कार्यक्रम अन्तर्गत ८ वटा गाविसका १० जना कृषकहरुलाई ८ सय स्याउका विरुवा वितरण गरिएको कार्यक्रममा सहभागि हाम्रा सहकर्मी लंकराज धमालाले बताउनु भएको छ ।

स्याउका विरुवा लिने कृषकहरुलाई प्रतिबोट १ सय रुपैया प्रति बर्ष नियमित अनुदान दिने समेत सरकारको नीति रहेकाले कृषकहरुलाई विरुवा राम्रो संग हुर्काउन अनुरोध समेत गरिएको धमालाले बताउनु भएको छ ।

यसै गरी कर्नाली अंचल कृषि विकास आयोजना अन्तर्गत अन्य १ सय जना किसानहरुलाई प्रति बोट ५ रुपैयाका दरले १ हजार ५ सय गोटा स्याउका विरुवा वितरण गरिएको छ ।

विरुवा वितरण कार्यक्रममा जिल्ला न्यायधिस पाण्डे, कृषि विकास अधिकृत मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी पदम लामीछाने, कृषि विकास कार्यालय प्रास प्रशुराम काफ्ले, नर्सरी धनी पुष्पराज बराल, जिल्लामा कृयाशिल पत्रकार, अगुवा कृषक लगायत स्थानीयको उपस्थिति रहेको लंकराज धमालाले बताउनु भएको छ ।

विरुवा वितरण कार्यक्रममा विरुवा लिने कृषकहरुलाई विरुवा लगाउदा अपनाउनु पर्ने विधि र विरुवा रोप्ने खाल्डो बनाउने तरिका समेत फिल्डमा सिकाइएको धमालाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक