2026-06-29 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

फलफूल ब्यवसायमा कृयाशिल भएर लाग्न कृषकलाइ न्यायाधिस पाण्डको आग्रह

nyadhis1दलसिंह गिरी/फागुन १, कालिकोट । ब्यवशायरुपमा फलफुल खेती तर्फ कृषकहरु नियमित लाग्न सके केही बर्ष भित्र कृषकहरु आन्तनिर्भर भै बेरोजगारपन हट्न सक्ने जिल्ला न्यायाधिस केशव पाण्डेले बताउनु भएको छ ।

जिल्ला कृषि विकास कार्यालय कालिकोटले रकु गाविसको रेगिंलघाटमा आयोजना गरेको विरुवा वितरण कार्यक्रममा बोल्दै न्यायाधिस पाण्डेले यस्तो बताउनु भएको हो ।

ओखरको पकेट क्षेत्र मानिने जिल्लाका ८ ओटा गाविस रकु, मेहलमुडी मुम्रा रुप्सा, कुमालगाउ, माल्कोट कोटबाडा र लालुका कृषकहरुलाई ओखर तथा स्याउका विरुवा वितरण कार्यक्रममा प्रमुख अथिति समेत रहनु भएका पाण्डेले कृषकलाई विरुवा वितरण गर्दै आफ्नो छोराछोरीलाई बाल्य अवस्थामा जसरी स्याहार सुसार गरेर हुर्काउछौं त्यसरी नै यि ओखर र स्याउका विरुवा गोडमेल तथा काटछान गर्न सुझाव समेत दिनु भएको छ ।

कृषि विकास अधिकृत शुनिल कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा ८ वटा गाविसका गरिव ३ सय जना कृषकलाई कृर्षि प्रशारण कार्यक्रम अन्तर्गत ओखरका ६ हजार विरुवा वितरण गरिएको र स्याउ आत्मनिर्भर कार्यक्रम अन्तर्गत ८ वटा गाविसका १० जना कृषकहरुलाई ८ सय स्याउका विरुवा वितरण गरिएको कार्यक्रममा सहभागि हाम्रा सहकर्मी लंकराज धमालाले बताउनु भएको छ ।

स्याउका विरुवा लिने कृषकहरुलाई प्रतिबोट १ सय रुपैया प्रति बर्ष नियमित अनुदान दिने समेत सरकारको नीति रहेकाले कृषकहरुलाई विरुवा राम्रो संग हुर्काउन अनुरोध समेत गरिएको धमालाले बताउनु भएको छ ।

यसै गरी कर्नाली अंचल कृषि विकास आयोजना अन्तर्गत अन्य १ सय जना किसानहरुलाई प्रति बोट ५ रुपैयाका दरले १ हजार ५ सय गोटा स्याउका विरुवा वितरण गरिएको छ ।

विरुवा वितरण कार्यक्रममा जिल्ला न्यायधिस पाण्डे, कृषि विकास अधिकृत मल्ल, सहायक प्रमुख जिल्ला अधिकारी पदम लामीछाने, कृषि विकास कार्यालय प्रास प्रशुराम काफ्ले, नर्सरी धनी पुष्पराज बराल, जिल्लामा कृयाशिल पत्रकार, अगुवा कृषक लगायत स्थानीयको उपस्थिति रहेको लंकराज धमालाले बताउनु भएको छ ।

विरुवा वितरण कार्यक्रममा विरुवा लिने कृषकहरुलाई विरुवा लगाउदा अपनाउनु पर्ने विधि र विरुवा रोप्ने खाल्डो बनाउने तरिका समेत फिल्डमा सिकाइएको धमालाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी