पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/ccff64fcaf27e549e651e0871ac4f8ae1509463134.jpg" style="width: 500px; float: left;"><b>सरोज यादव | कात्तिक १४, सर्लाही |</b> अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले मालपोत कार्यालयको सेवाकेन्द्र हरिवनमा कार्यरत एक कर्मचारीलाई रु ५००० घुस रकम सहित आज पक्राउ गरेको छ ।<br></p><p>नापी कार्यालय हरिवनमा कार्यरत ईश्वरी प्रसाद दहालले जग्गा प्लटिङगरि बाटो खुलाउने तथा रजिष्ट्रेशन पासगरि जग्गाधनी प्रमाण पूर्जा दिने क्रममा सेवाग्राहीसँग घुस लिदै गर्दा मंगलवार दिउसो कार्यकक्ष बाटै अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरिएको हो ।</p><p>उनलाई थप अनुसन्धानका लागि अख्यितारको बर्दिवास कार्यालयमा लगिएको छ । सर्लाहीको उत्तरी भेगमा पर्ने हरिवनमा केही महिना अघिदेखि मालपोत कार्यालयको सेवा सञ्चालनमा आएको थियो ।</p>

