११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस कालिकोटमा पनि विविध कार्यक्रम गरी मनाईने

४ फाल्गुन २०७२, मंगलवार १३:४३
दलसिंह गिरी/ फागुन ४, कालिकोट । नेपाल सरकार गृहमन्त्रालयको निर्देशन अनुसार कालिकोटमा पनि ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाईने भएको छ । निमित्त स्थानीय विकास अधिकारी भोलाप्रसाद चापागाँईको अध्यक्षतामा फागुन २ गते आइतवार बसेको जिल्लाका सरोकारवालाहरु संगको बैठकले यहि फागुन ६ गते देखि ७ गते सम्म २ दिन विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको छ ।
आइतवार बसेको बैठकले निमित्त स्थानीय विकास अधिकारीकै संयोजकत्वमा प्रजातन्त्र दिवस मुल समारोह समिति समेत गठन गरेको छ । प्रजातन्त्र दिवस कै अवसर पारेर फागुन ६ गते विहान जिल्ला सदरमुकाम मान्म खाडाचक्र बजार सरसफाई गर्ने, ६ गते दिउसो जिल्ला सदरमुकाममा महिला र पुरुष विचको देउडा प्रतियोगिता आयोजना गर्ने, गजल प्रतियोगिता गर्ने, फागुन ६ र ७ गते साझ सबै सरकारी तथा गैर सरकारी कार्यालय र आआफ्नो घरघरमा दिपावली मनाउने, ७ गते दिउसो जिल्ला सदरमुकामको खुलामञ्चमा जिल्ला स्थीत राजनैतिक दल र कार्यालय कर्मचारी विच म्युजिक चियर प्रतियोगिताका साथै दिवस समापन कार्यक्रमको आयोजना गर्ने गरी विविध निर्णयहरु गरिएको जिल्ला विकास समिति कालिकोटले जनाएको छ ।

नेपाल सरकारले केन्द्रीय स्तरमा ३ दिन सम्म विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने भएको छ । नेपाल सरकार सूचना तथा संचारमन्त्रि शेरधन राईले मुलुकमा लोकतान्त्रिक संविधान जारी भइसकेका अवस्थामा यस पटकको प्रजातन्त्र दिवसका अवसरमा संविधानको कार्यान्वयन पक्षलाई प्राथमिकतामा राखेर दिवस मनाउने बताउनु भएको छ । फागुन ६, ७ र ८ गते तीन दिन सम्म प्रजातन्त्र दिवसलाई व्यापक प्रचारप्रसार र रचनात्मक ढङ्गले विभिन्न कार्यक्रमका साथ मनाइने भएकाले विभिन्न संचार माध्यमहरुले प्रजातन्त्र दिवस सम्बन्धी सन्देश प्रसारण गर्न समेत आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति