2026-09-19 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

गन्यापधुरा गाउँपालिकामा शिक्षामा सुधारको लागी प्रत्येक विद्यलायको भ्रमण

ललित बोहरा | कात्तिक १५, डडेल्धुरा | गन्यापधुरा गाउँपालिका डडेल्धुराको शिक्षामा गुणस्तर सुधारको लागी प्रत्येक विद्यलायको भ्रमण गर्ने योजना बनाएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताएको छन् । मंगलबार गणेशपुर माबि बडालमा भएको एक कार्यक्रममा उनले यस्तो धारण ब्यक्त गरेका हुन् ।

‘कार्यतालिका नै बनाएर गाउँपालिका भरीका सम्पूर्ण विद्यालयमा जनप्रतिनिधीको टोली अनुगमन गएर के कस्ता समस्या छन् बुझने र समस्याहरु समाधान तर्फ लाग्ने योजना बनाएका छौ’ अध्यक्ष मल्लले भने ।

जिल्ला शिक्षा कार्यालय डडेल्धुराले गन्यापुरा गाउँपालिकाको सदमुकाम बडालमा आयोजना गरेको स्थानीय तहबाट आर्थिक वर्ष २०७४/७५ मा संचालन हुने शैक्षिक कार्यक्रम सम्बन्धी जिल्ला तथा स्थानीय तका पदाधीकारी, कर्मचारी, प्रधानाध्यापक, सरोकारवालहरुको लागी गरेको १ दिन अभिमुखीकारणका कार्यशाला गोष्ठीमा उनले यस्तो जानकारी गराएका हुन् ।

स्थानीय तहमा जिल्ला शिक्षा कार्यालयबाट संञ्चालन हुने कार्यक्रम, कार्यक्रम कार्यान्वन गर्ने प्रक्रिया, सुचक बारे जानकारी, शिक्षक तलब भत्ता सम्बन्धी जानकारी, स्थानीय तहमा वित्तिय हस्तान्तरण भएका कार्यक्रमको बारेमा जानकारी गराउने उद्देश्यले कार्यशालाको आयोजना गरेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराले जनाएको छ ।

अभिमुखीकारणमा जिल्ला शिक्षा कार्यालय डडेल्धुराका जिल्ला शिक्षा अधिकारी बसन्त खत्रीले जनप्रतिनिधि आइसकेपछि जिल्ला कार्यालयको काम सकिएको नभएर तपाईको विद्यालय नजिक आएकाले कुनै समयमा पनी गाउँपालिकाले अनुगमन गर्न सक्ने भएकाले शिक्षामा थप गुणस्तर सुधार आउनेमा आफू बिश्वत रहेको बताएका छन् । साथै जिल्ला शिक्षा अधिकारी खत्रीले शिक्षकहरुलाई हरेको बिषयमा जानकार रहन समेत आग्रह गरे ।

गन्यापधुरा गाउँपालिकामा अझैं पनि विभिन्न कारणले ५२ जना ६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरु विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय डडेल्धुराको २०७३ साल सम्मको तथ्याङकामा उल्लेख छ । उक्त गाउँपालिकामा २६ सामुदायिक र ६ संस्थागत विद्यालय रहेका छन् ।

गन्यापधुरा गाउँपालिका २ का अध्यक्ष इन्द्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नवलबहादुर मल्ल, विशिष्ट अतिथि उपाध्यक्ष कमला ठगुन्ना रहेका थिए भने कार्यक्रममा गाउँपालिका रहेका सम्र्पूण विद्यालयका प्रधानाध्यापक, र सामुदायिक अध्ययन केन्द्रका प्रतिनीधीहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई