९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

फलाम खानीको उत्खन गर्ने तीन ठेक्केदारको अनुमति पत्र रद्ध

५ फाल्गुन २०७२, बुधबार ०९:१९

दलसिंह गिरी/फागुन ५, कालीकोट । कालीकोट जिल्लाको भर्ता लगायत विभिन्न गाविसमा रहेको काइनेट तथा फलाम खानीको उत्खन गरी व्यापार गर्ने केही ठेक्केदारहरुको अनुमति पत्र रद्ध भएको छ । केही ठेक्केदारहरुलाई अख्तीया दुरुपयोग अनुसन्धान आयोगले सचेत गराएको छ ।

वर्दिया गुलरीया ८ घर भएकी ठेक्केदार विमला क्षेत्री, अछाम घर भएका नारायण वहादुर माझी , र नेपागंज घर भएका इस्तीहाक अहमद अन्सारीको अनुमति पत्र रद्ध भएको छ । यस्तै अछाम कालीका स्थान १ घर भएका ठेक्केदार डवलसिंह माझी र विविनेन अविखानी उत्तर गंगा ९ सुर्खेत उद्योगका संचालक गोपाल पाण्डेको अख्तीयारमा उजुरी परेको छ ।

हाललाई उनीहरुलाई राम्रो संग काम गर्न भन्दै अख्तीयारले कडा सचेत पत्र पठाएको कालीकोटका निमीत्त स्थानीय विकास अधिकारी भोला प्रसाद चापागाईले वताउनु भएको छ । उहाले जिल्लाको आर्थिक श्रोतको एक मात्र माध्यम भर्तामा रहेको काइनेट खानीको संरक्षण र सहि सदुपायोगको लागी सवै क्षेत्रको विशेष चासो हुनु पर्ने समेत वताउनु भएको छ ।

निमीत्त स्थानीय विकास अधिकारी चापागाईले अघिल्लो वर्षमा भर्ताको लेखमा रहेको काइनेट पत्थर वाट जम्मा १४ हजार राजस्व प्राप्त भएको भएपनि यो वर्ष भने राजस्वमा वृद्धि भएर ४५ हजार पुगेको जानकारी दिनु भयो । काइनेट खानी दिन प्रतिदिन नास हुदै जाँदा पनि जिल्लाका सरोकारवालाहरुले ध्यान नदिएको भन्दै सर्वत्र आचोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो