2026-09-19 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा ९ जना कार्यालय प्रमुखसहित छड्केमा परे ११४ कर्मचारी

कात्तिक १५, बझाङ | बझाङ जिल्लामा कार्यरत ९ जना सरकारी कार्यालयका प्रमुखसहित १ सय १४ जना कर्मचारी जिल्ला प्रशासन कार्यलयको छड्कोमा परेका छन् । 

जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीसहितको टोलीले १५ सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा १ सय १४ जना कर्मचारी अनुपस्थित पाइएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताउनुभयो । 

दसैँ तिहार बिदामा घर गएका कर्मचारी कार्यालयमा उपस्थित भए नभएको, कार्यालयको काम काजको बारेमा जानकारी लिन छड्के हान्दा नेपाल टेलिकमका प्रमुख शिब बहादुर केसी, जिल्ला शिक्षा कार्यालयका प्रमुख पदम राज जोशीसहित १३ जना कर्मचारी, जयपृथ्वी नगरपालिकाका कार्यकारी अधिकृत अम्मर राज खत्रीसहित ७ जना कर्मचारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तसहित ३४ जना कर्मचारी, चैनपुर ताक्लाकोट कार्यालयका प्रमुख दुर्गा प्रसादसहित ७ जना कर्मचारी, खानेपानी सरसफाई डिभिजन कार्यलयका प्रमुख सयन कुमार श्रेष्ठसहित ६ जना कर्मचारी अनुस्थित पाइएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । 

यस्तै नापी कार्यालका प्रमुख शिबप्रसाद जोशीसहित ४ जना,  जिल्ला समन्वय समितिका कार्यालय प्रमुख नारायण प्रसाद पाण्डेसहित १९ जना,  महिला तथा बालबालिका कार्यालयका प्रमुख लिला घलेसहित २ जना कर्मचारी छड्केमा परेका हुन् । 

यस्तै जिल्ला वन कार्यालयका ८ जना, मालपोत कार्यालयका ३ जना, सिचाई विकास डिभिजन कार्यालयका २ जना, जिल्ला प्राविधिक कार्यालयका ४ जना, घरेलु विकास कार्यालयका १ जना,  जिल्ला भूसंरक्षण कार्यालयका ३ जना गरी ९ जना कार्यालय प्रमुख र १ सय ५ जना अन्य कर्मचारी लामो समयसम्म कार्यालयमा अनुपस्थित पाइएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । सबै कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन र लिखित स्पष्टिकरण दिन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताउनुभयो । – टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई