2026-07-24 08:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

अब कालिकोटमा पानी र बानीको खाचो – पूर्व सभासद कोइराला

दलसि‌ह गिरी/ फागुन १८,कालिकोट । कालिकोट जिल्ला नेपालको आठौं कर्नालीको पहिलो खुला दिसा मुक्त क्षेत्र घोषणा भएको ३ बर्ष विति सक्दा पनि यसको प्रभावकारीता नभएकाले यसलाई प्रभावकारी गराउन पहिले पानी र बानीको आवश्यकता रहेको संविधान सभाका पूर्व सभासद नमराज कोइरलाले बताउनु भएको छ । उद्योग बाणिज्य संघ कालिकोटका निबर्तमान कार्यसमितिलाई विदाई तथा नयाँ निर्वाचित कार्य समितिलाई स्वागतका लागि उद्योग बाणिज्य संघ कालिकोटले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पूर्व सभासद कोइरालाले यस्तो कुरा बताउनु भएको हो ।
kalikot sajhasabal
उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष सूर्य बहादुर शाहीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठको प्रमुख आथित्यतामा आयोजित कार्यक्रमको विशेष अथिति समेत रहनु भएका कोइरालाले कालिकोट जिल्लालाई पूर्ण प्लाष्टिक रहित जिल्ला घोषणा गर्न विशेष अभियान थालनी गर्ने भनि जिल्ला विकास समितिको सर्वदलिय सर्वपक्षिय बैठकले समेत निर्णय गरिसके पनि यसको कार्यान्वयनको लागि जिम्मेवार निकायले कुनै पनि प्रक्रिया अगाडि बढाउन नसकेको गनासो ब्यक्त गर्नु भएको छ । जिल्लाको सरसफाई अभियानलाई प्रभावकारी ढंगले अगाडी लैजान अब उद्योग बाणिज्य संघले विशेष अभियानको थालनी गर्न समेत आग्रह गर्नु भएको छ ।

यस्तै प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले उद्योग बाणिज्य संघको नयाँ निर्वाचित कार्यसमितिलाई कार्य सफलताको कामना दिदै जिल्लाको समग्र विकासको लागि उद्योग बाणिज्य संघले खेल्नुपर्ने भूमिकाबारे दृढ भएर लाग्न आग्रह गर्नु भएको छ । यसका लागि आफ्नो क्षेत्रबाट गर्न पर्ने सहयोगमा आफु प्रतिवद्ध रहेको समेत बताउनु भएको छ ।

कार्यक्रममा निवर्तमान कार्य समितिका पदाधिकारीलाई दोसल्ला एवं प्रशंसा पत्र सहित विदाई गरिएको छ, भने विभिन्न क्षेत्रबाट उद्योग बाणिज्य संघलाई सहयोग गर्ने विभिन्न निकायका प्रतिनिधिलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा सबै राजनैतिक दलको तर्फबाट एमालेका युवा नेता नगेन्द्र शाही नेशलन, निबर्तमान कार्य समितिको तर्फबाट बरिष्ठ उपाध्यक्ष भानुभक्त बराल, लगायतले नयाँ कार्यसमितिको कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक