2026-06-29 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दुई बर्ष भित्र कालिकोट पुरै झिलीमिली, प्लेन सरर –सांसद विष्ट

दलसिंह गिरी फागुन २१, कालिकोट/जिल्लाको एकमा विद्युत सेवा पोतमारा साना जलविद्युत आयोजना विग्रिएको ५ महिना वितिसक्दा पनि सुचारु हुन नसकिरहेको बेला नेकपा एमाले कालिकोटबाट मनोनित सांसद तुलाराज विष्टले कालिकोटका सबै गाविसलाई पूर्ण विद्युत सेवाको पहुँचमा ल्याई पुरै जिल्लालाई झिलीमिली बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताउनु भएको छ ।
kalikot
रेडियो नेपाली आवाज कालिकोटले आज विहान आयोजना गरेको चियाचौतारी रेडियो कार्यक्रममा बोल्दै विष्टले यस्तो कुरा बताउनु भएको हो । गत आवमा प्राप्त संसदकोषको बजेटले जिल्लाका भर्ता, पानतडी, लालु, थिर्पू, फुकोट, राचुली लगायतका ६ वटा अधुरा लघु जलविद्युत अयोजनामा बजेट थप गरी यस आर्थिक बर्षको अन्य सम्ममा सम्पन्न गरी विद्युत सेवा सुचारु गर्नेे र गत आर्थिक बर्ष भित्रै सर्भे भएका अन्य साना जल विद्युत आयोजनाहरु यो आर्थिक बर्षमा आएको संसदकोषको बजेटबाट निर्माण गरी अब आउने आर्थिक बर्ष भित्र विद्युत जिल्लाका सबै गाविसलाई विद्युत सेवाको पहुँचमा पूर्णता दिने विष्टले बताउनु भएको छ ।

यसै २०४२ साल देखि निर्माणाधिन जिल्लाको एकमात्र सुनथराली विमान स्तल अब आउने आर्थिक बर्ष २०७३/०७४ भित्र पूर्णता दिई त्यहि आर्थिक बर्ष भित्रै प्लेन टेष्ट फ्याईट समेत गरि सक्ने दोश्रो लक्ष्य रहेको र यसका लागि संम्बन्धित मन्त्रालयबाट प्रयाप्त बजेट छुट्याई निर्माण कार्यमा तिव्र भैरहेको सांसद विष्टले बताउनु भएको छ ।

यस्तै हुम्लाको हिल्सा हुदै चिन सम्म जोड्ने कर्नालीको एकमात्र खुलालु हिल्सा सडक खण्ड निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिई निर्माण कार्य रप्तारले अगाडी बढिरहेको हुदा जुम्ला कर्नाली राजमार्गबाट हुम्ला कर्नाली सडक योजनामा जोड्न कालिकोटको लालु र भर्ता गाविसको विचमा बन्न लागेको पक्की पूल गत बर्ष तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रि विमलेन्द्र निधिले सिल्यान्यास गरी यसको निर्माणको लागि कन्काई नेपाल प्रगतिजेवि काठ्माण्डौले जिम्मा लिए पनि अहिले सम्म पुल निर्माण कार्यमा कुनै सक्रियता नदेखाएकाले कन्काई नेपालको लाईसेन्स खारेज गरी नयाँ टेन्डर प्रक्रियाबाट आउने आर्थिक बर्ष भित्र पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी विभिन्न निकाय संग पैरवी गरिरहेको विष्टले बताउनु भएको छ ।
एक फरक प्रशंगमा बोल्दै विष्टले कालिकोटको शैक्षिक स्तर खस्किएकाले जिल्लामा शैक्षिक क्यालेण्डरको आवश्यक रहेको बताउनु भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु राजनैतिक पार्टीमा सक्रिय रुपमा लाग्ने गरेको र विद्यालयमा खेताला शिक्षक राख्ने प्रबृति बढेकाले पनि जिल्लाको समग्र शैक्षिकस्तर खस्किएको बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो