2026-10-31 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पाई–पाईको हिसाव गर्न एसएएलजिपी

दलसिंह गिरी/ फागुन २४, दैलेख । स्थानीय निकायबाट प्राप्त हुने सेवाहरुको प्रभावकारीता, जवाफदेहिता र पारदर्षिता प्रवर्धन गर्न स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजिपी)ले महत्वपूर्ण काम गरेको एक कार्यक्रमका अथितिले बताउनु भएको छ ।

स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजिपी) जिल्ला परियोजना इकाई दैलेख र कालिकोटको संयुक्त अयोजनामा दैलेख सदरमुकाममा संचालित सुशासन अभियानकर्ताहरुका लागि सामाजिक जवाफदेहिताका औजार संम्बन्धि ४ दिन क्षेमता विकास तालिमको उद्घाटन सत्रमा बोल्दै जिल्ला विकास समिति दैलेखका योजना अधिकृत पदम सापकोटाले पाई–पाईको हिसाव गर्न परियोजनाको महत्वपूर्ण भूमिका रहेको भन्दै यस्तो कुरा बताउनु भएको हो ।

dailekh news
सेवक–नेपाल दैलेखका अध्यक्ष एवं गैसस महासंघ शाखा दैलेखका अध्यक्ष महारुप खत्रीको अध्यक्षता, सुशासन क्षेत्रको क्षेमता विकास अधिकृत सोविता परियारको सहजिकरणमा संचालित तालिमको उद्घाटन सत्रको प्रमुख अथिति समेत रहनु भएका योजना अधिकृत सापकोटाले दैलेख जिल्ला एमसिपीएम सफलमा नेपालकै तेश्रो जिल्ला हुन सफल भएकोमा यसको श्रेह दैलेख जिल्ला विगत साढे २ बर्ष देखि संचालित स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजिपी) पनि रहेको बताउनु भएको छ ।

यो परियोजना संचालन पश्चात जिल्ला देखि स्थानीय स्तर सामाजिक जवाफदेहिता, प्रभावकारीता र पारदर्षितामा उल्लेख्य सुधार आएकोले यो बर्षको जिल्ला परिषदमा समेत यो परियोजनालाई पुरस्कृत गरिएको वहाले बताउनु भयो ।

तालिम उद्घाटन सत्रको समानपनमा बोल्दै सेवक नेपालका अध्यक्ष महारुप खत्रीले स्थानीय निकायमा सुशासनको प्रवर्धन गर्न यो परियोजनाले मिनी अख्तियारको काम गरेको बताउनु भएको छ । यस्तै कार्यक्रममा बोल्दै परियोजनाको क्षेमता विकास अधिकृत सोविता परियारले घाम लागेन भने ढुसी मौलाउने भएकाले सुशासन प्रवर्धनका लागि स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजिपी)ले घामको काम गरेको बताउनु भएको छ ।

स्वीस सरकारको आर्थिक सहयोग तथा नेपाल सरकारको समन्वयमा संचालित यो परियोजना नेपालका ९ वटा जिल्ला खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, जाजरकोट, कालिकोट, दैलेख, अछाम र सुर्खेतमा संचालन भैरहेको सुशासन क्षेमता विकास अधिकृत परियारले बताउनु भएको छ ।

चार दिने क्षेमता विकास तालिममा कालिकोटका ८ वटा साझेदार संस्थाका प्रति संस्था २ जना गरी १६ जना र दैलेख जिल्लाका विभिन्न निकायबाट गरी गरिव ३५ जना बढीको सहभागितामा ४ दिन सम्म सामाजिक जवाफदेहिताका औजार बारे शैद्धान्तिक तथा प्राविधिक तालिम संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना