2026-09-16 07:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पाई–पाईको हिसाव गर्न एसएएलजिपी

दलसिंह गिरी/ फागुन २४, दैलेख । स्थानीय निकायबाट प्राप्त हुने सेवाहरुको प्रभावकारीता, जवाफदेहिता र पारदर्षिता प्रवर्धन गर्न स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजिपी)ले महत्वपूर्ण काम गरेको एक कार्यक्रमका अथितिले बताउनु भएको छ ।

स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजिपी) जिल्ला परियोजना इकाई दैलेख र कालिकोटको संयुक्त अयोजनामा दैलेख सदरमुकाममा संचालित सुशासन अभियानकर्ताहरुका लागि सामाजिक जवाफदेहिताका औजार संम्बन्धि ४ दिन क्षेमता विकास तालिमको उद्घाटन सत्रमा बोल्दै जिल्ला विकास समिति दैलेखका योजना अधिकृत पदम सापकोटाले पाई–पाईको हिसाव गर्न परियोजनाको महत्वपूर्ण भूमिका रहेको भन्दै यस्तो कुरा बताउनु भएको हो ।

dailekh news
सेवक–नेपाल दैलेखका अध्यक्ष एवं गैसस महासंघ शाखा दैलेखका अध्यक्ष महारुप खत्रीको अध्यक्षता, सुशासन क्षेत्रको क्षेमता विकास अधिकृत सोविता परियारको सहजिकरणमा संचालित तालिमको उद्घाटन सत्रको प्रमुख अथिति समेत रहनु भएका योजना अधिकृत सापकोटाले दैलेख जिल्ला एमसिपीएम सफलमा नेपालकै तेश्रो जिल्ला हुन सफल भएकोमा यसको श्रेह दैलेख जिल्ला विगत साढे २ बर्ष देखि संचालित स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजिपी) पनि रहेको बताउनु भएको छ ।

यो परियोजना संचालन पश्चात जिल्ला देखि स्थानीय स्तर सामाजिक जवाफदेहिता, प्रभावकारीता र पारदर्षितामा उल्लेख्य सुधार आएकोले यो बर्षको जिल्ला परिषदमा समेत यो परियोजनालाई पुरस्कृत गरिएको वहाले बताउनु भयो ।

तालिम उद्घाटन सत्रको समानपनमा बोल्दै सेवक नेपालका अध्यक्ष महारुप खत्रीले स्थानीय निकायमा सुशासनको प्रवर्धन गर्न यो परियोजनाले मिनी अख्तियारको काम गरेको बताउनु भएको छ । यस्तै कार्यक्रममा बोल्दै परियोजनाको क्षेमता विकास अधिकृत सोविता परियारले घाम लागेन भने ढुसी मौलाउने भएकाले सुशासन प्रवर्धनका लागि स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना (एसएएलजिपी)ले घामको काम गरेको बताउनु भएको छ ।

स्वीस सरकारको आर्थिक सहयोग तथा नेपाल सरकारको समन्वयमा संचालित यो परियोजना नेपालका ९ वटा जिल्ला खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, जाजरकोट, कालिकोट, दैलेख, अछाम र सुर्खेतमा संचालन भैरहेको सुशासन क्षेमता विकास अधिकृत परियारले बताउनु भएको छ ।

चार दिने क्षेमता विकास तालिममा कालिकोटका ८ वटा साझेदार संस्थाका प्रति संस्था २ जना गरी १६ जना र दैलेख जिल्लाका विभिन्न निकायबाट गरी गरिव ३५ जना बढीको सहभागितामा ४ दिन सम्म सामाजिक जवाफदेहिताका औजार बारे शैद्धान्तिक तथा प्राविधिक तालिम संचालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु