पढ्न करिब 1 मिनेट लाग्छ

सरोज यादव/कात्तिक १८, सर्लाही । तरकारीको बिरुवामा छर्ने बिषादीको सेवन गर्दा सर्लाहीको फुलपरासीमा शनिबार एक जना बालिकाको मृत्यु भएको छ भने चार जना बालबालिका गम्भीर बिरामी भएका छन् ।

शुक्रवार दिउँसो भएको सो दुर्घटनामा कौडेना गाउँपालिका-२ फुलपरासी निवासी राजकिशोर रायकी ३ वर्षिया छोरी अस्मिता कुमारीको मृत्यु भएको हो ।

बालबालिकाहरु खेलकुदको क्रममा स्थानीय रामप्रताप रायको घरमा तरकारीमा भएको किरा मार्ने बिषादीको सेवन गर्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

बिषादीको सेवन गर्दा घर धनी रामप्रतापकी ४ वर्षिया छोरी पुजा कुमारी ,२ वर्षको छोरा आदित्य,सोही गाउँका बिकाउ राय कि ४ वर्षिया छोरी खुस्बु र २ वर्षको छोरा खुसीलाल राय गम्भीर भएको जिप्रका मलंगवाले जनाएको छ ।

हाल बिरामी चारै जनाको अवस्था चिन्ताजनक रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।