2026-07-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

रहरले प्रबेश गरिने पत्रकारीता कहिलेकाही जहर बन्छः म्यानेजर धमाला

चैत १६, कालिकोट । रहरले प्रवेश गरिने पत्रकारीता क्षेत्र इमान्दारीता, लगशिलता, निरन्तरता हुन नसके त्यहि क्षेत्र कहिलेकाही जहर बन्ने नेपाल पत्रकार महासंघ शाखा कालिकोटका सचिवालय सदस्य एव रेडियो नयाँ कर्नाली एफएमका स्टेशन म्यानेजर कृष्णराज धमालाले बताउनु भएको छ ।

kalikot
नेपाल पत्रकार महासंघको ६१ औं स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकाम मान्मको स्वीसबेल रेष्टुरेन्टमा आयोजित संचार माध्यमका संचालक र कार्यरत प्रत्रकारहरु विचको अन्तरक्रिया कार्यक्रममा बोल्दै धमालाले यस्तो कुरा बताउनु भएको हो ।

नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष कालिबहादुर मल्लको अध्यक्षता जिल्ला हुलाक कार्यालयका प्रमुख श्यामभक्त आचार्यको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा बोल्दै धमालाले हामी पत्रकारिता क्षेत्रमा काम गर्दै जादा उचित र उपयुक्त सेवा सूविधा पाएनौं भन्ने भन्दा पनि आफु कार्यरत मेडियामा लगनशिल इमान्दारीता र निरन्तरताका साथ काम गरे नगरेको त्यसलाई औल्याउन जरुरी रहेको बताउनु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रम प्रमुख अथिति एवं जिल्ला हुलाक कार्यालयका प्रमुख श्यामभक्त आचार्यले जिल्लामा संचालित सम्पूर्ण मेडियाहरुको अवस्थाबारे रेखदेख गरी यसलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन जिल्ला हुलाक कार्यालयले खेल्न पर्ने भूमिकाबारे आफु प्रतिवद्ध रहेको बताउनु भएको छ ।

कार्यक्रममा उपस्थित संचार माध्यमका ंचालकहरुले आफ्नो मेडियाको अवस्थावारे प्रकाश पारेका छन् भने कार्यक्रममा उपस्थीत पत्रकारहरुले आफु कार्यरत संचार माध्यमको अवस्था र आफ्नो जिम्मेवारीबारे आआफ्नो भनाई राखेका छन् ।

कार्यक्रमको समापनमा बोल्दै नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष कालिबहादुर मल्लले पत्रकारीता क्षेत्र आफैमा स्वतन्त्र क्षेत्र भएकाले कसैले पनि राजनैतिक आक्षेप लाग्ने खालका गतिविधिहरु खुलामखुला नगर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक