2026-07-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

विपद पूर्व तयारीका लागि अनुशिक्षण

kalikot news tayariदलसिंह गिरी/चैत २१, कालिकोट । बिपद जोखिमबाट बढी प्रभावित मानिने विद्यालयहरुमा विपद रहित भौतिक संरचना निर्माण तथा सुरक्षित विद्यालय ब्यवस्थापनका लागि विद्यालय निरिक्षकहरुलाई अभिमुखिकरण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय कालिकोटबाट परिचालित विद्यालय निरिक्षकहरुलाई विद्यालयमा हुने विपद जोखिम न्यूनिकरण र उत्थानशिल शिक्षालाई विद्यालयमा विस्तार गरी विपद जोखिम न्यूनिकरण तथा विद्यालय सूधार योजना निर्माणका लागि अभिमुखिकरण गरिएको हो ।

किर्डाक नेपाल कालिकोट, सेभ द चिल्ड्रेनको समन्वयमा जिल्ला शिक्षा कार्यालय कालिकोटले आफ्नै सभा हलमा संचालन गरेको अभिमुखिकरणमा विद्यालय सुधार योजना, अनुशिक्षणका लागि सहयोगी तालिम पुस्तीका निर्माणबारे छलफल भएको सेभद चिल्ड्रेन कालिकोटका चेतराजपाध्यायले बताउनु भएको छ । अभिमुखिकरणमा जिल्लाका ६ वटा श्रोत केन्द्र कोटवाडा, जुविथा, रास्कोट, थिर्पू मान्म र गेलामा श्रोत केन्द्र स्तरिय अनुशिक्षण गर्ने कार्ययोजना समेत निर्माण गरिएको पाध्यायले बताउनु भएको छ ।

जिल्लामा संचालित सबै विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरुलाई दिइने श्रोत केन्द्र स्तरिय अनुशिक्षणमा विद्यालय सूधार योजनाको पुनरावलोकन गरी विपद पूर्व तयारी सम्बन्धि आवश्यक विषयबस्तु समावेश गर्ने योजना निर्माण गर्न विद्यालय सुधार योजनाको ढाँचा तथा त्यस भित्रका विषय वस्तुहरु, वार्षिक विद्यालय सुधार योजना अद्यावधिकका चरणहरु, वार्षिक विद्यालय सुधार योजना अद्यावधिक, विद्यालय स्तरीय कार्यशालाको खाका, विद्यालय स्तरीय कार्यशालाको विस्तृत सत्र योजना र विद्यालयमा विपद् पूर्वतयारी सम्वन्धी सन्दर्भ सामग्रीहरु बारेमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय कालिकोटका शाखा अधिकृत मोतिलाल महताराको अध्यक्षतामा आयोजित अभिमुखिकरणको सहजिकरण विद्यालय निरिक्षक लालप्रसाद पोखरेल र सेभदचिल्ड्रेनका शिक्षा अधिकृत चेतराज पाध्यायले गर्नु भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक