Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा स्कुल बस पोखरीमा खस्यो, ४० जना घाइते (भिडियो अपडेट)

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नवलपरासी, २४ कात्तिक (रासस) | नवलपरासीको रामग्राम नगरपालिकास्थित सुक्रौलीमा आज एउटा स्कुल बस दुर्घटना हुँदा करिब ४० जना घाइते भएका छन् ।

चितवनबाट नवलपरासी हुँदै लुम्बिनी भ्रमणमा गइरहेको चितवन भरतपुर महानगरपालिका– ६ स्थित देवज्योति निम्न माविको ग १ ख ३१८९ नं को विद्यार्थी सवार बस भैरहवा भूमही सडक खण्ड अन्तर्गत नवलपरासीको सुक्रौलीमा दुर्घटना भएको थियो ।

उनीहरु लुम्बिनी पिकनिक खान गइरहेका थिए । बस सडक छेउमै सानो पोखरी जस्तो रहेको खाल्टोमा पल्टिएपछि सो दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये अधिकाँशको स्वास्थ्य अवस्था समान्य रहेकाले उनीहरुलाई जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा सामान्य उपचारपछि घर पठाइएको छ । केही विद्यार्थीलाई थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

बसमा कुल ४९ जना सवार थिए । बसको आधाभन्दा बढी भाग पानीमा डुबेपछिभित्र सवार विद्यार्थी तथा शिक्षकलाई स्थानीय र प्रहरीको सहयोगले उद्धार गरिएको छ । दुर्घटनाका कारण यकिन हुनसकेको छैन ।