2026-09-03 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

मतदाता शिक्षा तल्लो डोल्पामा प्रभाबकारी हुँदै, माथिल्लो डोल्पामा भाषाको समस्या

टेक शाही/कात्तिक २८, डोल्पा । मँसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि डोल्पामा मतदाता शिक्षा कार्यक्रम तिव्र रुपमा अगाडि बढि रहेको छ । 

कुल ६५ वटा वडा र ६६ वटा मतदान केन्द्र रहेको यस जिल्लामा प्रत्यक मतदान केन्द्रमा एक जना मतदाता शिक्षा कार्यकर्ताहरु खटाइएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । 

आईतबार जिल्लाका सामाजिक परिचालक,प्रारम्भीक बालबिकास केन्द्रका सहजकर्ताहरु र एक जना महिला स्वास्थ्य स्वयमसेबिका सहित ६६ जना निर्वाचन शिक्षा कार्यकताहरुलाइ प्रशिक्षण दिएर गाँउगाँउमा परिचालन गरिएको मूख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनले भने केहि समय ढिला भए पनि मतदाता शिक्षाको काम तिव्र रुपमा हुदै गरेकोले जति सक्दो मत बदरको सँख्या कम हुने दावी गरे । 

तल्लो डोल्पामा खटिने मतदाता शिक्षा कार्यकर्ताहरुका लागि कुनै पनि समस्या नहुने र माथिल्लो डोल्पामा भाषाको समस्या रहेको जिल्ला  निर्वाचन अधिकृत बिक्रम गिरीले जानकारि दिए । उनका अनुसार नेपाली भाष नँबुझने भएकोले सकेसम्म माथिल्लो डोल्पामा यस पालि त्यस क्षेत्रका स्थानिय मतदाता शिक्षा कार्यकर्ता नै परिचालित गरेको बताए ।  

माथिल्लो डोल्पामा अधिकाँश मतदाताले नेपाली भाषा प्रष्ट बुझन नसक्ने र मतदाता शिक्षा कार्यकर्ताले मतदातालाइ उनिहरुको स्थानिय भाषामा बुझाउन नसक्ने भएको कारण केहि समस्या आउने देखिएको छ । 

धेरै ठाँउमा स्थानिय नै भए पनि केहि ठाँउमा त्यस्तो समस्या आउने निर्वाचन कार्यालयले जनाएको छ । सामान्य समस्या भए पनि अन्य शिक्षक तथा नेपाली भाषा बोल्ने स्थानिय अगुवा तथा यूवाहरुले त्यसमा सहयोग गर्ने डोल्पोबुद्ध गाँउपालिकाका वडा अध्यक्ष ग्यालबो भोटे थापाले बताए । उनका अनुसार उम्मेद्धारका कार्यकर्ताहरुले पनि मतदाता शिक्षामा भुमिका निर्वाह गर्ने बताए । 

भौगोकिलक रुपमा ठुलो भएको कारण डोल्पा जिल्लामा निर्वाचनका सबै काममा समस्या हुने गर्दछ । यो निर्वानच मँसिरको जाडोमा पर्ने भएको र मतदाता शिक्षा ढिला भएको कारण मतदाताले भने जस्तो शिक्षा पाउन नसक्ने आकलन धेरैको छ । 

मतदाताहरु भन्छन प्रत्यक्ष मतपत्र भन्दा पनि समानुपातिक मतपत्रमा कठिन हुने बताउछन । डोल्पाबाट जम्मा प्रत्यक्षमा प्रतिनिधिसभामा ३ जना र प्रदेशसभा निर्वाचन क्षेत्र क र ख बाट गरि ६ जना गरि जम्मा ९ जना उम्मेद्धार रहेका छन । 

तर समानुपातिकमा भने देशै भरका पार्टिका चिन्ह् भएका मतपत्र हुने र एकै मतपत्रमा २ तहको हुने भएको कारण मतदाताहरु समानुपातिक मत बदरमा पर्ने छन । यता निर्वाचन शिक्षा कार्यकताहरु गाँउगाँउमा नमुना मतपत्र बोकेर घरघर उम्मेद्धार जस्तै गरि मतदाता शिक्षामा लागि रहेका छन । मतदाता शिक्षा कार्यकर्ताले कुनै दलको पक्षमा शिक्षा दिन पाउने छैनन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही