2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

कात्तिक ३०, नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नं. ६ बेतपानीतर्फ आइरहेको बा४ख ८१७२ नं. को मिनीट्रक दुर्घटना हुँदा ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो । 

आवास निर्माणको सामग्री लिएर बेतपानीतर्फ आउन लागेको गाडी कच्ची सडकको मोहडामा दुर्घटना हुँदा १५० मिटर तल पुगेको थियो । दुर्घटनाको समयमा गाडीमा चालकमात्र रहेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई