2026-09-12 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका एक व्यापारीलाई भारतमा गोली प्रहार, गोली लागेर पनि मोटरसाइकल चलाइरहे !

कात्तिक ३०, सर्लाही | सर्लाहीका एक व्यापारीमाथि भारतीय भूमिमा गोली प्रहार भएको छ । गोली लागेर मलंगवा ९ घर भएका राकेश चौधरी घाइते भएका छन् । चौधरी कवाड व्यापारी हुन् ।

भारतको सीतामढीबाट मोटरसाइकल चढेर मलंगवातर्फ आइरहेका बेला गएराति करिब ८ बजेतिर चिलरी मोड भन्ने स्थानमा अज्ञात समूहले उनलार्इ गोली हानेको थियो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए अनुसार नेपालभन्दा करिब दुई किलोमिटर पर भारतीय भूमिमा उनलाई गोली लाग्यो । तर पनि उनी मोटरसाइकल चलाएरै नेपाली भूमिमा आए र मलाई गोली लाग्यो अस्पताल लैजाऊ भनेपछि तत्काल अस्पताल पर्‍याइएको थियो ।

प्रहरीका अनुसार चौधरीको बायाँतर्फ पेटमा लागेको गोली वारपार भएको छ । सर्लाही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई वीरगञ्ज रिफर गरिएको प्रजिअ कटुवालले बताए ।

चौधरीलाई गोली हान्ने समूह र गोली हान्ने कारण खुलेको छैन । भारतीय प्रहरीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिरहेको प्रजिअ कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन