२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जङ्गली हात्तीको आतंक, शिविरका बासिन्दा त्रसित

२०७४, २ मंसिर शनिबार ०७:१०

मङ्सिर २, कञ्चनपुर । जंगली हात्तीको आतंकबाट बच्न निकुञ्ज विस्थापित तारापुर शिविरका बासिन्दा अन्न, बालबालिका र ज्येष्ठ नागरिकलाई छिमेकी गाउँमा सार्न बाध्य भएका छन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको बथानले पटक पटक घर भत्काउने र भण्डारण गरिएको अन्न खाइ चौपाया मार्नथालेपछि त्रसित बनेका शिविरका बासिन्दाले अन्न, बालबालिका र ज्येष्ठ नागरिकलाई छिमेकी गाउँमा सार्न बाध्य भएका हुन् । 

दुई दिनअघि मात्रै आएको हात्तीको बथानले शिविरका पाँचवटा घर भत्काएर भण्डारण गरिएको अन्न खाइ चौपाया मारेका थिए । यसबाट त्रसित बनेका शिविरका बासिन्दाले आँगनमा चुटनका लागि राखेको धान जोगाउनका लागि नजिकका बस्तीमा लगेर थे्रसिङ गर्ने र भण्डारण गर्ने कार्यमा जुटेका छन् । 

बस्ती नजिकै हात्तीले ठूलो आवाजले कराउन थालेपछि आँगनमा राखिएको धान रातारात छिमेकी गाउँमा (स्याली नदीको मसानघाट रहेको क्षेत्र) लगेर राख्नु परेको स्थानीयवासी जयन्ती विष्टले बताउनुभयो । 

“अघिल्लो राति शिविरका पाँच घर भत्काइ अन्नबाली खाएपछि डराएर धान थे्रसिङ गर्न र भण्डार गर्न छिमेकी गाउँ पुगेका छौं” उहाँले भन्नुभयो । “मसान घाटमा भूत हुन्छ भन्थे तर रातभरी हात्तीको डरले यहाँ नै बितायौं” उहाँले भन्नुभयो, “धान कहाँ भण्डारण गर्ने भन्ने पिरलो परेको छ ।” 

हात्तीले घर (छाप्रो) भत्काएर अन्न खाएपछि खुला आकास मुनि बिताउँदै आएका रामकुमारी डगौराले हात्तीकै डरले आफूसँग बस्दै आएका बालबालिकालाई छिमेकी बन्साहा गाउँमा पठाएको दुःखेसो पोख्नुभयो । 

“राति ११ बजे हामी सुतेका थियाँैं, श्रीमान् आँगनमा आगो सेक्दै हुनुुहुन्थ्यो,” उहाँले भन्नुभयो, “छाप्रो नजिकै ठूलो आवाजसहित केराका बोट ढल्न थालेपछि श्रीमान्ले हात्तीको बथानले घेरिसक्यो भाग भन्दा भन्दै हात्तीले छाप्रो भत्काउन शुरु गरी हाल्यो, आफूसँग सुतेको बच्चालाई काखिमुनि च्यापी भागेर ज्यान जोगायौं ।” 

“छिमेकी गाउँमा गुहार मागेर हात्तीको बथानलाई भगाइएपछि छाप्रो (घर) हेर्न आउदा न त छाप्रो थियो, साँझ बिहान छाक टार्नका लागि राखेको न त अन्न नै थियो, लत्ताकपडा, बालबालिकाका कापिकिताब सबै च्यातचुत भएको र भाँडाकुडा सबै कच्याकुचुक पारिएको अवस्थामा थिए” उहाँले भन्नुभयो । 

नजिकको गाउँका बासिन्दाबाट अन्न र भाँडाकुडा मागेर काम चलाउँदै आएका छौँं, उहाँका श्रीमान् विजय डगौराले भन्नुभयो, “सबै थोक हात्तीको बथानले नोक्सानी गरेपछि घर न घाटका भएका छौं हामी, यस्तो अवस्थामा ज्यानै जोगाउनका लागि बालबालिका र ज्येष्ठ नागरिकलाई अर्को गाउँमा सार्नुपरेको छ ।” 

हात्तीको बथान बस्तीमा छिरेपछि आगो बालेर भगाउने प्रयत्न गरिरहेका बेला छाप्रो पछाडीबाट आएको हात्तीले छाप्रो भत्कायो, हात्ती भगाउन आँगनमा बालेको आगोले छाप्रो जलेपछि बिचल्लीमा परेका रत्नीदेवी डगौराले भन्नुभयो, “आँगनमा बालिएको आगोले छाप्रोमा राखेको अन्न, लत्ताकपडा त जले, ब्याउने बाख्रा समेत हात्तीले मारेर गयो ।” 

आँगनमा चुटनका लागि थुप्र्याएको धानसमेत खाएपछि परिवारलाई कसरी पाल्ने चिन्ता थपिएको उहाँले बताउनुभयो । रत्नीदेवीको परिवार अहिले छिकेकीको छाप्रोमा बस्दै आएको छ । 

शिविरका दिले लुहारको छाप्रोसमेत हात्तीको बथानले भत्काएर भण्डारण गरेको अन्न खाएपछि उहाँको परिवार समेत दुई दिनदेखि एक छाक खाना खाएर बसेको छ । हात्तीले राखेको अन्न खाएपछि किन्ने क्षमता नहुँदा छिकेकी गाउँ र शिविरका बासिन्दासँग अन्न माग्न थालेको उहाँले बताउनुभयो । 

खानका लागि अन्न नपाउँदा दुई दिनसम्म छिमेकीले दिएको खाना एक छाक खाएर बस्यौं उहाँले भन्नुभयो, “अन्न माग्न गाउँ÷गाउँ चाहार्दै हिँडेको छु, मागेर कति दिन पुग्ला र ? कमाउनका लागि वाहिर जाँदा पूरै परिवार भोकै मर्छ” उहाँले भन्नुभयो । 

हात्ती बस्तीमा आए जवान त भाग्न सक्छन्, बालबालिका र ज्येष्ठ नागरिक भाग्न नसक्ने भएकाले सबैलाई अन्नसहित छिकेकी गाउँमा बस्नका लागि पठाइको जीतराम चौधरीले बताउनुभयो । 

दैनिक हात्तीको बथान शिविर नजिककैको तारापुर ताल र भतपुरी क्षेत्रमा कराउँदै आएको छ । 

डरले शिविरका बासिन्दा आगोबालेर जाग्रम बस्दै आएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रबाट विस्थापनमा परेका परिवारको पुनःस्थापन नहुँदा २०६२ सालदेखि तारापुर शिविरमा तीन सय विस्थापित परिवार बस्दै आएका छन् । 

हात्तीले केही दिनअघि मात्रै शुक्लाफाँटा नगरपालिका– ३ का चारवटा घरसमेत भत्काएर क्षति गरेको थियो । जंगली हात्तीबाट शुक्लाफाँटा नगरपालिकाका ३२ जना पीडित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो